दशैंमा यात्रु ओसार्न साझाले थप्यो २० बस, यात्रुलाई रिचार्ज कार्ड



हाम्रो इकोनोमि

 

 

 

यात्रुलाई आकर्षक अफरसहित साझादे दशैंमा यात्रु ओसार्न २० नयाँ बस थपेको छ ।

 

 

साझाको डिलक्स बसले मंगलबारदेखि नै दशैंका यात्रु बोक्ने भएको छ । मंगलबारबाट दैनिक २ डिलक्स बसले काठमाडौंदेखि बागलुङ र काठमाडौंदेखि सुनौलीसम्म रात्रिकालीन सेवा दिने जनाइएको छ । अहिले साझाका ४ डिलक्स बसले यात्रुलाई सुविधा दिइरहेका छन् ।

 

बागलुङका लागि पुल्चोकबाट साँझ ७ बजे, नयाँ बसपार्कबाट साढे ७ तथा कलंकीबाट ८ बजे बस छुट्ने साझाका प्रवन्धक महेन्द्रराज पाण्डेले जानकारी दिएका छन् । सुनौलीका लागि पुल्चोकबाट साढे ६, नयाँ बसपार्कबाट ७ तथा कलंकीबाट साढे ७ बजे छुट्नेछ।

 

काठमाडौंबाट बुटवलका लागि ६२० रुपैयाँ, भैरहवाका लागि ६७० तथा सुनौलीका लागि ६८० रुपैयाँ भाडादर तय गरिएको छ। दुई वटा बस काठमाडौं बाहिर जाँदा दुई बस भित्रिने गरी समय व्यवस्थापन गरिएको उनी बताउँछन् ।

 

यस्तै बागलुङका लागि ७३० रुपैयाँ तथा कुश्माका लागि ६६५ रुपैयाँ तोकिएको छ । यात्रुहरुका लागि अग्रिम टिकट भने २१ गतेदेखि मात्रै खुल्ने पाण्डेले बताएका छन् । सो दिनको ११ बजेदेखि पुल्चोकको काउन्टरबाट यात्रुहरुले अग्रिम टिकट काट्न सक्ने छन् ।

 

यी बसमा निशुल्क वाइफाई, मोबाइल चार्जको सुविधा, फोल्डिङ सिट, भिडियो प्लेयर लगायत सुविधा छन् । चालकसहित ४० सिट क्षमताका यी बस केही दिनअघि मात्रै साझाले काठमाडौं ल्याएको हो ।

 

साझाले दशैं–तिहारको उपलक्ष्यमा हरेक दिन ५ यात्रुलाई ५ सयको दरले रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । काठमाडौंमा चल्ने बसमा टिकट लिएका यात्रुमध्ये लक्की ड्रमार्फत ५ विजेता छनौट गरिने साझाले जनाएको छ ।

 

यस्तै साझा यातायातले थप २० सिटी बस थप्दैछ । भारतको चण्डीगढमा यी बसहरु तयार हुँदै गरेको पाण्डेले बताएका छन् । उनका अनुसार अबको ३ महिनाभित्र यी बसले काठमाडौंमा सेवा दिने छन् ।

 

थप २० बस थपिएपछि राजधानीबासीलाई यात्राका लागि सहजता हुने पाण्डे बताउँछन् । साझासँग सेमी लो फ्लोरसहित अहिले ४७ वटा सिटी बस तथा ४ वटा डिलक्स बस छन् । २० वटा शहरी बस थपिएपछि ७१ वटा सिटी बस पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...