डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार



हाम्रो इकोनोमि

 

डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्र्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१०, कुरमुल्लेका अन्दाजी २३ वर्र्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

 

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको थियो ।

 

पक्राउ परेका बोहरामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत, डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेको छ । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय, डडेल्धुराको संयुक्त टोलीले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...