वीरगञ्जमा चार राउण्ड गोली चल्यो



हाम्रो इकोनोमि

 

वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

 

तर गोली नलागेकाले साह सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।

 

साह भारत पूर्वीचम्पारण निवासी हुन् । उनी कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत छन् ।

 

उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए ।

 

घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

यसअघि सुनसरीमा शिक्षक खुर्सिद आलम अन्सारीको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...