छोराले बाउको किरिया गर्न नमानेपछि…………



हाम्रो इकोनोमि

 

 

आमाबाबुको काज किरिया गर्नु छोराको कतव्र्य हो । हिन्दु संस्कार अनुसार आमा बाबु मरेपछि छोराहरुले काज किरिया गर्नुपर्ने हुन्छ । पछिल्लो समय काज किरिया नगर्ने पनि पाईन थालेका छन् । तर उनीहरुलाई सामाजिक वहिस्कारमा पर्छन । यस्तै घटना सर्लाहीमा भएको छ ।

सर्लाहीको हरिपुर २ का ध्रुव कार्कीले आफ्ना बुबाको काजकिरिया नगर्ने घोषणा गरेका हुन् । स्थानीय कम्युनिष्ट नेता समेत रहेका कार्कीले बाबुको काज किरिया परम्परागत ढंगले नगर्ने घोषणा गरेका हुन् । उनले काज किरिया गर्न नमानेपछि पुरै गाउँ नै दुई ध्रुबमा देखिएको छ । कार्कीका बुवा नारायणबहादुर कार्कीको ५ असोजमा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो।

बुवाको मृत्युपछि स्थानीय बागमती नदीमा दाह संस्कारमा सहभागी भएका कार्कीले त्यसपछिका मृत्यु संस्कारको काजकिरिया गर्न मानेनन् । आफूलाई परम्परागत मृत्यु संकारमा विश्वास नभएकाले काजकिरियामा सहभागी नभएको उनले बताए ।

कार्कीका भार्इ विष्णु कार्की, आमा कृष्ण माया कार्की सहितका परिवारका अन्य सदस्य भने परम्परागत रुपमा कोरामा बसेका छन् । उनीहरुले नुन बारेका छन्, सेतो कपडा पहिरिएका छन् । दिनहुँ पण्डितले मृत्यु संस्कारका कर्म गरिरहेका छन् । तर कार्की र उनकी पत्नी आशा गिरि भने ती कुनै पनि क्रियाकलापमा सहभागी छैनन् ।

काजकिरिया चलिरहेको भाइको घरभन्दा करिब चार सय मिटर टाढा उनीहरु भाडाको घरमा सामान्य ढंगले बसेका छन्। तत्कालीन माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य कार्की नेकपाको राजनीतिमा क्रियाशील छन्।

कार्कीले आफू बसेको घरमा बुबाको फोटो राखेका छन्। फोटोमा माल्यार्पण गरेका छन् । आगन्तुकका लागि श्रद्धाञ्जली पुस्तिका राखिएको छ । आगन्तुकले स्वर्गीय कार्कीको तस्वीरमा फूलअविर राखेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...