साढे ५ बर्षपछि बलात्कारी पक्राउ



हाम्रो इकोनोमि

 

एक महिलालाई बलात्कार गरी फरार भएका रुरु गाउँपालिका ३ थानपतिका सुरज भन्ने बिनोद श्रेष्ठ पक्राउ परेका छन् ।

 

उनले साढे पाँच अघि ०७० सालमा एक महिलालाई बलात्कार गरि फरार भएका थिए । उनलाई जिल्ला अदालत गुल्मीले ०७३ बैशाख २२ गते बलात्कार गरेको दोषि ठहर गर्दै ६ बर्ष कैद र २५ हजार पीडितलाई क्षतिपुर्तिको फैसला गरेको एसपी दिपक कुमार बस्नेतले बताए ।

 

श्रेष्ठलाई रुरु गाउँपालिका १ बाट गिरफ्तार गरी बिहिबार नै जिल्ला कारागार गुल्मी चलान गरिएको बस्नेतले बताए । साथै उनले छत्रकोट गाउँपालिकाकी एक नावालिका भगाएर काठमाडौमा वस्दै आएको समेत खुलेको छ ।

 

नावालिकाको परिवार पनि प्रहरीमा आएकाले श्रेष्ठविरुद्ध अर्को मुद्दा समेत दर्ता हुने मुद्दा शाखा प्रमुख सई शिवबहादु खत्रीले जानकारी दिए ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले केहि दिन अघि ठगी मुद्धाका फरार अभियुक्तलाई पाचँ महिनापछि गिरफ्तार गरेको थियो ।

 

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ बर्षिय घनश्याम अर्याललाई प्रहरीले उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक शिव बहादुर खत्रीले जानकारी दिए ।

ठगी मुद्धामा अर्याललाई जिल्ला अदालत काठमाडौले २०७४ फागुन ११ गते दुई बर्ष कैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आवश्यक कारवाहीका लागि महानगरिय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको खत्रीले बताए । जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई निरन्तर अगाडी बढाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...