२० वर्षे गाडी कडा निगरानीमा, यात्रुवाहकले सामान बोक्न नपाउने



हाम्रो इकोनोमि

 

 

सरकारले २०७३ चैतबाट देशैभर २० वर्षे गाडी हटाउने निर्णय गरे पनि उपत्यकाबाट यस्ता गाडी विस्थापित हुन सकेका छैनन् । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायी तीनै पक्ष यस विषयमा जिम्मेवार नबन्दा यस्ता गाडीमा असुरक्षित यात्रा गर्न यात्रु बाध्य छन् ।

दसैंको समयमा यात्रुको चाप बढी रहने र २० वर्ष नपुगेका गाडीले यात्रुको चाप धान्न नसक्ने हुँदा यस्ता पुराना गाडी पनि सञ्चालन हुने गर्छन् । सरकारको उक्त निर्णयपछि महानगरीय ट्राफिक प्रहरी महाशाखासहित देशभरका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले बेलाबेलामा जेकजाँच गरी जरिवाना गरेर छोड्ने गरेका कारण यस्ता गाडी सञ्चालनमा व्यवसायीको मनोमानी छ ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर र ललितपुरका ग्रामीण इलाकाबाट दैनिक काठमाडौं आवत–जावत गर्ने मिनिबस, मारुती ट्याक्सी २० वर्ष पुराना भए पनि यस्ता गाडीमा ट्राफिक प्रहरीको आँखा पुग्न सकेको छैन ।

पुरानो चेसिस र बडीका कारण यात्रु र सडक सुरक्षाका हिसाबले मात्र होइन, पुरानो इन्जिन, कार्बुरेटर आदि पुर्जाका कारण सहरको वातावरणीय स्वच्छतामा प्रतिकूल असर पार्ने गरेका छन् ।

“दसैंको समयमा यस्ता गाडीले निम्त्याउन सक्ने दुर्घटना र यसको रोकथामका लागि मातहतका तहमा निर्देशन गरिसकेका छौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले भने, “यी सबै समस्या समाधानका लागि २० वर्ष पुराना गाडीमाथि हामीले कडा निगरानी राखेका छौं । अटेर गरी चलाए गाडी नै नियन्त्रणमा लिन्छौं ।”

यात्रुवाहकलाई सामान ढुवानी नगर्न निर्देशन
भाडाको लोभले यात्रुवाहक गाडीहरु बस, माइक्रो, सुमो आदिमा विभिन्न सामग्री लोड नगर्न महाशाखाले यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ । दसैंको बेलामा यात्रुहरु आफैंमा हतारमा हुनाले सामान ढुवानीका लागि मालवाहक गाडी नखोजी यात्रुवाहकमा नै सामान ढुवानी गराउने परिपाटी बढेको निष्कर्ष महाशाखाको छ ।

“एकातिर यात्रु हतारमा हुने र यसैको मौकामा व्यवसायीले पनि बढी भाडाको लोभ गर्दा यात्रुवाहक गाडीमा सामान ढुवानी हुने गरेको हो,” एसएसपी पन्तले भने, “चालक, सहचालकलाई यसरी सामान ढुवानी नगराउन हामीले प्रालि र समिति दुवैका व्यवसायीलाई निर्देशन गराइसकेका छौं । अटेर गरी सामान ढुवानी गरे कोटेश्वर, नयाँबसपार्क, बालाजु, कलंकी, नागढुङ्गा र ललितपुरमा सादा पोशाकमा समेत खटिएका ट्राफिक प्रहरीले कारबाही गर्नेछन् ।”

आउँदो दसैंमा उपत्यकाबाट करिब ३० लाख यात्रु बाहिरिने आकलन महाशाखाको छ । गतवर्षको दसैंमा उपत्यकाबाट दैनिक ८ हजार यात्रु बाहिरिने र ७ हजार यात्रु भित्रिने गरेको महाशाखाको तथ्यांकले देखाएको छ । “यसवर्षको दसैंमा पनि करिब यही बराबरको संख्यामा यात्रुको आवत जावत हुने हाम्रो आकलन छ,” एसएसपी पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...