‘सुरक्षित यात्रा’ योजना : मापसे र ओभरलोडमा कडाइ



हाम्रो इकोनोमि

 

 

नजिकिँदै गरेका दसैं, तिहार र छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक महाशाखाले यात्रु र यातायात क्षेत्रको सुरक्षा योजना सार्वजनिक गरेको छ । ‘सुरक्षित यात्रा’ नाम दिएर महाशाखाले दसैं, तिहार र छठ पर्व लक्षित योजना सार्वजनिक गरेको हो ।

महाशाखाले सार्वजनिक गरेको योजनामा विशेष चेकिङको व्यवस्था, मापसे चेकजाँचमा प्रभावकारी कडाइ, ओभरलोड र क्षमताभन्दा बढी यात्रु कोच्नेलाई कारबाहीलगायत विषय छन् । महाशाखाका एसएसपी वसन्तकुमार पन्तले भने, ‘‘उपत्यकाका सबैजसो टिकट काउन्टरमा सादा पोसाकका प्रहरी हुनेछन् । टिकटमा काजोबजारी रोक्नका लागि यस्तो योजना ल्याएका हौं ।’’

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी अत्यधिक दुर्घटना हुने भएकाले मुख्य सडकसँगै भित्रि सडकहरुमा पनि चेकजाँच कडा पारिने एसएसपी पन्त बताउँछन् । ‘‘लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्ने व्यवस्थाको कार्यान्वयन गर्दै मालवाहक सवारीसाधनमा यात्रु बोक्न रोक लगाउँछौं,’’ एसएसपी पन्तले बताए ।

उपत्यकाका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष राखिएको र त्यहाँ गएर आवश्यक सुझाव र गुनासो गर्न सकिने उनले बताए । उपत्यकामा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन हुने बताउँदै एसएसपी पन्तले चाडपर्वलाई व्यवस्थित, मर्यादित र यात्रा गर्दा सुरक्षित रुपमा अगाडि बढ्न सुझाव दिए । हाल काठमाडौं उपत्यकामा १४ सय ५० जना ट्राफिक प्रहरी कार्यरत रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...