‘सुरक्षित यात्रा’ योजना : मापसे र ओभरलोडमा कडाइ



हाम्रो इकोनोमि

 

 

नजिकिँदै गरेका दसैं, तिहार र छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक महाशाखाले यात्रु र यातायात क्षेत्रको सुरक्षा योजना सार्वजनिक गरेको छ । ‘सुरक्षित यात्रा’ नाम दिएर महाशाखाले दसैं, तिहार र छठ पर्व लक्षित योजना सार्वजनिक गरेको हो ।

महाशाखाले सार्वजनिक गरेको योजनामा विशेष चेकिङको व्यवस्था, मापसे चेकजाँचमा प्रभावकारी कडाइ, ओभरलोड र क्षमताभन्दा बढी यात्रु कोच्नेलाई कारबाहीलगायत विषय छन् । महाशाखाका एसएसपी वसन्तकुमार पन्तले भने, ‘‘उपत्यकाका सबैजसो टिकट काउन्टरमा सादा पोसाकका प्रहरी हुनेछन् । टिकटमा काजोबजारी रोक्नका लागि यस्तो योजना ल्याएका हौं ।’’

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी अत्यधिक दुर्घटना हुने भएकाले मुख्य सडकसँगै भित्रि सडकहरुमा पनि चेकजाँच कडा पारिने एसएसपी पन्त बताउँछन् । ‘‘लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्ने व्यवस्थाको कार्यान्वयन गर्दै मालवाहक सवारीसाधनमा यात्रु बोक्न रोक लगाउँछौं,’’ एसएसपी पन्तले बताए ।

उपत्यकाका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष राखिएको र त्यहाँ गएर आवश्यक सुझाव र गुनासो गर्न सकिने उनले बताए । उपत्यकामा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन हुने बताउँदै एसएसपी पन्तले चाडपर्वलाई व्यवस्थित, मर्यादित र यात्रा गर्दा सुरक्षित रुपमा अगाडि बढ्न सुझाव दिए । हाल काठमाडौं उपत्यकामा १४ सय ५० जना ट्राफिक प्रहरी कार्यरत रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...