चिनीको भाऊ किलोमै १५ रुपैंयाँ वृद्धि



हाम्रो इकोनोमि

 

चाडबाडकै मुखमा बजारमा चिनीको मूल्य ह्वातै बढेको छ । चिनी खपत बढ्ने समयमै चिनीको भाऊ ह्वातै बढेपछि उपभोक्ता चर्को मारमा परेका छन् ।

बजारमा चिनीको मूल्य प्रतिकिलो १५ रुपैंयाँ वद्धि भएको छ । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य किलोको १५ रुपैयाँ बढेको हो । व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन् ।

संघीय सरकारको मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणात्मक बन्देज लगाएको छ । एक साताअघि किलोको ६५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ ।

विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकिलो ५४ रुपैयाँमा पाइने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य ५९ रुपैयाँ यथावत् राखेको छ ।

भाटभटेनीले प्रतिकिलो ५९ रुपैयाँको दरमा एक जना उपभोक्तालाई दुई किलो मात्रै चिनी बिक्री गर्दै आएको छ । यसअघि ५ किलोको दरले उपभोक्तालाई बिक्री गरिँदै आएको चिनी स्थानीय व्यापारीले खरिद गरेर महँगोमा बिक्री गर्न थालेपछि दुई किलोमा झारेको भाटभटेनी प्रशासनले जनाएको छ ।

‘एकाएक बजारमा चिनीको मूल्य वृद्धि भयो,’ चिनी आयातकर्ता तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले भने, ‘चिनी आयात गर्ने बेलामा नै सरकारले भन्सार मूल्यमा वृद्धि गरेको परिणाम अहिलेको मूल्य वृद्धि हो ।’

प्रतिटन ३ सय ६० डलरमा आयात गरिने चिनीको भन्सार मूल्य सरकारले ४ सय ६० तोक्नुका साथै भन्सार महसुल १५ बाट ३० प्रतिशतमा वृद्धि गरेको थियो । आयातकर्ताको गोदामसम्म आइपुग्दा चिनीको मूल्य प्रतिकिलो ७१ रुपैयाँ परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...