चिनीको भाऊ किलोमै १५ रुपैंयाँ वृद्धि



हाम्रो इकोनोमि

 

चाडबाडकै मुखमा बजारमा चिनीको मूल्य ह्वातै बढेको छ । चिनी खपत बढ्ने समयमै चिनीको भाऊ ह्वातै बढेपछि उपभोक्ता चर्को मारमा परेका छन् ।

बजारमा चिनीको मूल्य प्रतिकिलो १५ रुपैंयाँ वद्धि भएको छ । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य किलोको १५ रुपैयाँ बढेको हो । व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन् ।

संघीय सरकारको मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणात्मक बन्देज लगाएको छ । एक साताअघि किलोको ६५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ ।

विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकिलो ५४ रुपैयाँमा पाइने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य ५९ रुपैयाँ यथावत् राखेको छ ।

भाटभटेनीले प्रतिकिलो ५९ रुपैयाँको दरमा एक जना उपभोक्तालाई दुई किलो मात्रै चिनी बिक्री गर्दै आएको छ । यसअघि ५ किलोको दरले उपभोक्तालाई बिक्री गरिँदै आएको चिनी स्थानीय व्यापारीले खरिद गरेर महँगोमा बिक्री गर्न थालेपछि दुई किलोमा झारेको भाटभटेनी प्रशासनले जनाएको छ ।

‘एकाएक बजारमा चिनीको मूल्य वृद्धि भयो,’ चिनी आयातकर्ता तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले भने, ‘चिनी आयात गर्ने बेलामा नै सरकारले भन्सार मूल्यमा वृद्धि गरेको परिणाम अहिलेको मूल्य वृद्धि हो ।’

प्रतिटन ३ सय ६० डलरमा आयात गरिने चिनीको भन्सार मूल्य सरकारले ४ सय ६० तोक्नुका साथै भन्सार महसुल १५ बाट ३० प्रतिशतमा वृद्धि गरेको थियो । आयातकर्ताको गोदामसम्म आइपुग्दा चिनीको मूल्य प्रतिकिलो ७१ रुपैयाँ परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...