दलितलाई बिहे गरी ल्याएको भन्दै आफनै बाबुले थुनाए छोरा सहित नौ महिनाकी गर्भवती बुहारीलाई



हाम्रो इकोनोमि

 

कन्चनपुरमा दलितलाई विवाह गरी ल्याएको भन्दै बाबुले आफ्नै छोरा–बुहारीलाई थुनाएका छन् ।

 

कञ्चनरुप–९ रुपनगरका शिवनारायण साहले आफ्ना छोरा मनीष साह र बुहारी कविता रामलाई प्रहरी कार्यालयमा थुनाएका हुन् ।उनलेले २० वर्षीया छोरा मनीष र १८ वर्षीया बुहारी कवितालाई बालविवाहविरुद्ध उजुरी दर्ता गरी थुनाएका हुन् ।

 

कञ्चनरुप–९ धरमपुरकी कविता र मनीषले गत पुस २१ गते घरबाट भागेर विवाह गरेका थिए । परिवारको सहमतिबिना सुनसरीको इनरुवामा घरजम गरेर बसेका थिए ।

 

उनीहरुको उमेर नपुगेको भन्दै प्रहरी कार्यालयमा पटक–पटक भएको छलफलपछि दुवैलाई माघ २८ गते घरपरिवारको जिम्मा लगाइएको थियो ।

 

तर, मनीष र कविताले फागुन १ गते हनुमाननगर कंकालिनी–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेर पुनः सँगै बस्न थालेका थिए ।

 

यता कबिताकी आमाले पनि नौ महिनाकी गर्भवतीलाई प्रहरी हिरासतमा थुनेर गर्भको बालकमाथि समेत अन्याय भएको बताउदैशान्तिदेवीले दलित भएकै कारण एकपछि अर्को मुद्दा खेप्नुपरेकाले कानुनी संरक्षणको माग गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...