दलितलाई बिहे गरी ल्याएको भन्दै आफनै बाबुले थुनाए छोरा सहित नौ महिनाकी गर्भवती बुहारीलाई



हाम्रो इकोनोमि

 

कन्चनपुरमा दलितलाई विवाह गरी ल्याएको भन्दै बाबुले आफ्नै छोरा–बुहारीलाई थुनाएका छन् ।

 

कञ्चनरुप–९ रुपनगरका शिवनारायण साहले आफ्ना छोरा मनीष साह र बुहारी कविता रामलाई प्रहरी कार्यालयमा थुनाएका हुन् ।उनलेले २० वर्षीया छोरा मनीष र १८ वर्षीया बुहारी कवितालाई बालविवाहविरुद्ध उजुरी दर्ता गरी थुनाएका हुन् ।

 

कञ्चनरुप–९ धरमपुरकी कविता र मनीषले गत पुस २१ गते घरबाट भागेर विवाह गरेका थिए । परिवारको सहमतिबिना सुनसरीको इनरुवामा घरजम गरेर बसेका थिए ।

 

उनीहरुको उमेर नपुगेको भन्दै प्रहरी कार्यालयमा पटक–पटक भएको छलफलपछि दुवैलाई माघ २८ गते घरपरिवारको जिम्मा लगाइएको थियो ।

 

तर, मनीष र कविताले फागुन १ गते हनुमाननगर कंकालिनी–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेर पुनः सँगै बस्न थालेका थिए ।

 

यता कबिताकी आमाले पनि नौ महिनाकी गर्भवतीलाई प्रहरी हिरासतमा थुनेर गर्भको बालकमाथि समेत अन्याय भएको बताउदैशान्तिदेवीले दलित भएकै कारण एकपछि अर्को मुद्दा खेप्नुपरेकाले कानुनी संरक्षणको माग गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...