५ सय रुपैयाँ माग्दा १९ वर्षीया युवतीकाे सामूहिक बलात्कार



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कालिकोटको खाँडाचक्र नगरपालिका –९ पाँखामा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

 

असोज ९ गते धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा १९ वर्षीया युवती बलात्कारमा परेकी हुन् ।

 

किशोरीले ३ वर्षअगाडिको पाँच सय रुपैयाँ माग्दा बलात्कारको सिकार हुनुपरेको बताएकी छन् । स्थानीय पर्व विकले आफ्नो पसलबाट ५ सय रुपैयाँ लगेपछि मेला हिँडेकी किशोरीले खर्च नभएकाले आफ्नो पैसा दिन आग्रह गरेकी थिइन् ।

 

८ जनाको समूहमा रहेका युवाहरु मदिरा पिउँदै बसिरहेका थिए । पैसा माग्दा उनलाई युवाहरुले खोल्सामा लगेर पालैपाले बलात्कार गरेको उनको भनाइ छ ।

 

बलात्कारीबाट छुटाउन पुगेका दाजुमाथि युवाहरुले ढुंगा प्रहार गरेका थिए । पछि दिदि र दाजूले उनको उद्धार गरेका थिए । युवतीको किटान जाहेरीपछि प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

 

पीडितले किटाणी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले बताए ।

 

यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् ।

 

पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्मा, प्रहरी ईन्सपेक्टर निरोज चौलागाई लगायतका ५० जना प्रहरीको सक्रियतामा १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...