अमेरिकी नयाँ रणनीति : चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी



हाम्रो इकोनोमि

विश्व अर्थतन्त्रमा उदाउँदो एसियाली मुलुक चीनसँग संयुक्तराज्य अमेरिका कतिसम्म त्रसित भइरहेको छ भन्ने पछिल्लो उनको कदमले पुष्टि गर्छ ।

चीनको बढ्दो आर्थिक दबदबालाई नियन्त्रण गर्न अमेरिकाले नयाँ–नयाँ रणनीति र प्रस्तावहरु ल्याइरहेको छ । अमेरिकाले हालैमात्र चिनियाँ उत्पादन सामग्रीमाथि २०० अर्ब डलर कर बढाएका थिए ।

 

यस्तै, पछिल्लो दिनमा अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी ‘पिएनजी’मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी  गरेको छ ।

 

यो कुरा अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञहरुले पुष्टि गरेका छन् । प्रशान्त क्षेत्रमा बढ्दो चिनिया प्रभावलाई नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको उनीहरुको भनाइ छ ।

 

पिएनजीको इन्टरनेट पूर्वाधार निर्माणमा चिनिया कम्पनी हुवावे मुख्य प्रतिस्पर्धी मानिन्छ । तर अमेरिका, अस्ट्रेलिया र जापानबीच उक्त पूर्वाधार आफैं निर्माण गर्नेगरी छलफल सुरु भएको छ ।

 

‘हामीले हुवावेको विकल्पमा पिएनजीलाई आकर्षक प्रस्ताव दिएका छौँ,’ अस्ट्रेलियाका लागि अमेरिकी कार्यबाहक राजदूत जेम्स कारुसोले भने, ‘तर अन्तिम निर्णय गर्ने अधिकार पिएनजी सरकारको हातमा छ ।’
गत अगस्टमा मात्र मुलुकको सुरक्षासँग जोडिएको संवेदनशील सञ्चार क्षेत्रमा विदेशी कम्पनीलाई जिम्मेवारी दिन नहुने कारण देखाउँदै अस्ट्रेलियामा हुवावेलाई फाइभ–जी मोबाइल नेटवर्क बिछ्याउन रोकिएको थियो ।

 

अस्ट्रेलियाले यसै वर्ष सोलोमोन आइल्यान्डमा समुद्रमुनि इन्टरनेट केबल बिछ्याउने एक परियोजनाबाट हुवावेलाई अलग्याउन भूमिका खेलेको थियो । उक्त परियोजनाका लागि आवश्यक रकम जुटाउन अस्ट्रेलिया स्वयंले सहयोग गरेको थियो ।

 

यो केबल सञ्जालले पिएनजीलाई पनि जोड्ने छ ।  हुवावेले सुरक्षा खतरा रहेको तथा चिनियाँ सरकारी गुप्तचर निकायसँग सम्पर्क रहेको भन्ने आरोपहरुको लगातार खण्डन गरिआएको छ ।

 

बेइजिङले प्रशान्त महासागरका राना द्वीपीय राष्ट्रहरुमा पूर्वाधार निर्माणका लागि न्यून ब्याजदरमा अर्बौं डलर ऋण प्रवाह गरिरहेको छ । यी राष्ट्रहरु चीनसमेत एसियाका धेरै मुलुकका लागि समुद्रसम्मको पहुँचका लागि महत्वपूर्ण रहिआएका छन् ।

 

अस्ट्रेलियाले बेइजिङको उक्त कदमको जवाफमा प्रशान्त महासागरीय मुलुकहरुलाई दिइने सहायता रकम बढाउनुका साथै क्षेत्रीय सुरक्षा सम्झौतालाई सुदृढ गरिरहेको छ ।

 

कारुसोले अमेरिका र यसका साझेदार मुलुकहरुसँग व्यवसायका लागि प्रशान्त क्षेत्रीय मुलुकहरुलाई सहज वातावरण निर्माण गर्नु पनि आवश्यक रहेको बताएका छन् । उनले भने, ‘यसको मुख्य कुरा नै विकल्प दिनु हो, चीनसँग व्यवसाय नै गर्न हुँदैन भनेर रोक्न सकिन्न ।’

 

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...