घाँस काट्न गएकी किशोरीको भीरबाट खसेर मृत्यु



हाम्रो इकोनोमि

 

 

बडिमालिका नगरपालिका-४ मा भीरबाट खसेर एकजना बालिकाको मृत्य भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-४ रिला बस्ने काँशी चदाँराकी १५ वर्षीया छोरी पूजा चदाँरा रहेकी छन्।

 

भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर उनको मृत्यु भएको हो। शुक्रबार बिहान करिब ११ बजेतिर घटनास्थलमै मृत्यु भएको उनकी दिदी लक्ष्मी विकले बताइन्।

 

नेपाल राष्ट्रिय मावि जडाङ्गमा कक्षा १० मा अध्ययनरत पूजा विद्यालय नगएर भैंसीका लागि घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा खुट्टा चिप्लिएर भीरबाट खसेको हुनसक्ने परिवारको अनुमान छ। यहाँका अधिकांश बालबालिका पढाइभन्दा घरको काम अनिवार्य गर्नुपर्ने बाध्यता छ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...