ओली र प्रचण्डले धोका दिएको भन्दै माधव नेपालले बोलाए स्थायी कमिटी, नेकपा फुटने संकेत



 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै स्थायी कमिटी सदस्यहरुको राय संकलन गर्ने भएका छन् ।

 

पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अश्वीकार गरेका छन् ।

 

नेपालले शुक्रबार अपरान्ह बानेश्वरमा स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । आफूसँग भएको सहमति विपरीत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट एकलौटी निर्णय गरेको भन्दै नेपालले सो निर्णय कार्यान्वयन गर्न नहुने अडान राखेका छन् ।

 

नेपाल अफ्रिका भ्रमणमा रहेका बेला ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन भएका थिए । सो निर्णय परिपत्रमार्फत कार्यान्वयनमा समेत पठाइसकिएको छ ।

 

नेता नेपालले भने सो निर्णय पार्टीको विधान विपरीत भएको भन्दै अनौपचारिक छलफलका लागि स्थायी कमिटीका सदस्यहरुलाई बोलाएका हुन् । आफू तथा नारायणकाजी श्रेष्ठलाई झुक्याएर निर्णय गरिएको भन्दै स्थायी कमिटी सदस्यहरुलाई उनले यसबारे औपचारिक जानकारी दिन लागेको स्रोतले बतायो ।

 

नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई आन्तरिक छलफलका लागि बोलाएको केन्द्रीय सदस्य विष्णु रिजालले पुष्टि गरे ।

 

सचिवालयको निर्णयमा आपत्ति

नेपालले आफू विदेश जानुअघि दुबै अध्यक्षसँग सल्लाह गर्दा प्रदेश कमिटीबारे सचिवालयले प्रस्ताव तयार गर्ने र स्थायी कमिटीबाट प्रदेश कमिटी गठन गर्ने सहमति भएको बताएका छन् ।

 

सचिवालयबाट निर्णय हुँदा चीनमा रहेका नारायणकाजी श्रेष्ठले विदेश जानुअघि प्रदेश कमिटीका बारेमा निर्णय गर्ने हो भने आफ्नो विदेश भ्रमण रोक्ने जानकारी दुवै अध्यक्षलाई गराएका थिए । तर, श्रेष्ठलाई अहिले निर्णय नहुने अध्यक्षद्वयले बताएका थिए ।

 

दुवै अध्यक्षबाट धोकापूर्ण ढंगले काम भएको भन्दै नेपालले स्थायी कमिटी सदस्यहरुसँग आफ्नो असहमति राख्न लागेको नेकपाका एक नेताले बताए । स्थायी कमिटीको अधिकार खोसेर विधान विपरीत सचिवालयमार्फत दुई अध्यक्षले आफूखुसी गर्न थालेको आरोप नेपालको छ ।

 

नेपाल निकट एक नेताले अनलाइनखबरसँग भने- ‘पार्टीको विधानमै एकतासम्बन्धी निर्णय सहमतिका आधारमा गर्ने भनिएको छ । तर, ओली र प्रचण्ड मिलेपछि जे पनि गर्ने तरिकाको बेलैमा प्रतिवाद गरिएन भने पार्टी प्रणाली ध्वस्त हुन्छ । त्यसैले माधव कमरेडले स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्न लाग्नुभएको हो ।’

 

पार्टीको कार्यवाहक अध्यक्ष को ?

अहिले नेकपाका दुबै अध्यक्ष विदेशमा छन् । प्रधानमन्त्री ओली न्युयोर्कमा छन् भने प्रचण्ड पत्नीको उपचारका लागि सिंगापुर गएका छन् । तर, कसैलाई पनि  पार्टीको कार्यवाहक

अध्यक्षको जिम्मा दिइएको छैन ।

 

यसअघि दुबै अध्यक्ष विदेश जाँदा वरियताका आधारमा माधव नेपाललाई कार्यवाहक दिइएको थियो । तर, यसपटक दुवै अध्यक्षले सल्लाह गरेरै कार्यवाहक नदिइएको आशंका नेपाल पक्षको छ ।

 

शुक्रबार स्थायी कमिटी सदस्यहरुसँग यसबारेमा पनि छलफल हुने बताइएको छ । ओलीले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी भने सुवास नेम्वाङलाई दिएर गएका छन् ।

दुई अध्यक्ष देशबाहिर भएको बेला माधव नेपालको चियापान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्यहरुका लागि बिहिबार दिउँसो तीन बजे चियापान कार्यक्रम आयोजना गरेका छन् ।

 

असोज ५ गते बसेको सचिवालय बैठकले गरेका निर्णयमा असन्तुष्ट बनेका नेपालले दुई अध्यक्ष देश बाहिर भएको समय स्थायी कमिटी सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

 

‘केही समय अघिमात्रै चियापान कार्यक्रमको लागि निमन्त्रणा आएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘ कार्यक्रम कस्तो हो बुझ्दै छौँ । कार्यक्रममा जाने वा नजाने कुनै निर्णय गरेका छैनौँ ।’

 

अहिले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् भने अर्का अध्यक्ष सिंगापुरमा छन् । नेकपाका दुई अध्यक्षले कसैलाई पनि कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छैनन् । यस्तो अवस्थामा नेता नेपालले स्थायी कमिटीका सदस्यहरुका दिउँसो चियापान कार्यक्रम आयोजना गरेका छन् ।

 

नेपाल निकष्ट एक नेताका अनुसार शुक्रवार विहान स्थायी कमिटीका सवै सदस्यलाई चियापान कार्यक्रमको सूचना पठाईसकिएको छ । ति नेताका अनुसार अध्यक्षद्वयको निर्णय शैलीले पार्टीलाई साँघुरो बनाएको भन्दै सर्वत्र विरोध भैरहेको छ ।

 

‘पार्टी विधि विधानबाट चल्नुपर्छ । सिंगो पार्टीलाई दुई अध्यक्षमा सिमित गर्नुभएन । असोज ५ गते सचिवालयको निर्णय स्थायी कमिटीले गर्नु पर्ने हो । सचिवालयले प्रस्ताव स्थायी कमिटीमा ल्याउनु पथ्र्यो तर सिधै निर्णय गरियो ।’

 

ती नेताले भने, ‘त्यसरी स्थायी कमिटीलाई आउट गर्नु त भएन । मुख्य त आज त्यो विषयमा छलफल हुन्छ । पार्टीको तेस्रो वरियताको नेता पनि हुनुभयो माधव कमरेड । उहाँले तिनै विषयमा छलफल गरौँ भनेर चियापान कार्यक्रमको आयोजना गर्नु भएको हो ।’

 

 

असोज ५ गते सचिवालयको बैठक बसेको बेला नेता नेपाल दक्षिण अफ्रिकामा थिए । त्यस्तै अर्का सदस्य नारायणकाजी श्रेष्ठ पनि चीनमा थिए ।

 

उनीहरु नभएको समय पारेर सचिवालयले प्रदेशका पदाधिकारी टुंगो लगाएको भन्दै दुई नेता असन्तुष्ट बनेका छन् ।

४५ सदस्यीय स्थायी समितिमा तत्कालिन एमालेबाट २५ र माओवादीबाट २० जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्