४७ यात्रु बोकेको जहाज समुन्द्रमा खसेपछि…



 

प्रशान्त महासागरको किनारस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार एउटा विमान गम्भीर दुर्घटनामा परेको छ ।

 

४७ यात्रुले भरिएको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७–८०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेको हो । विमान बिहान करीब ९ः३० बजे अवतरण गर्ने तालिका थियो ।

 

अवतरणका लागि आइपुगेको विमान धावनमार्गमा नरोकिई अघि बढेको थियो । सिधा अगाडि समुन्द्र रहेका कारण विमान समुन्द्रभित्र प्रवेश खस्यो ।

 

’मैले हामी अवतरण भयौं होला भन्ने सोच्दै थिएँ । एक्कासी विमानका प्वालबाट पानी आएको देखें’, एक जना यात्रु बिल जयनेसले भने, ‘विमानभित्र पानी भरिनुभन्दा अगाडि नै उद्धारकर्ता आइपुगेर हामीलाई बाहिर निकाले ।’

 

धावनमार्गमा १६० मिटर दौडिएपछि विमान अगाडिको समुन्द्रमा पुगेको थियो । जहाजमा ३६ यात्रु र ११ चालक दल सदस्य थिए । विमानस्थलका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल छन् । विमानमा रहेका यात्रु एवं चालक दल सदस्यलाई अस्पताल भर्ना गरिएको छ ।

 

एयर न्यूगिनले एक विज्ञप्ति जारी गर्दै एयरलाइन्स कम्पनीले यात्रु र चालक दल सदस्यको हेरचाहमा ‘सबै प्रयास’ जारी राखेको जनाएको छ ।

 

दुर्घटनाको छानवीन गर्न पपुआ न्यू गिनीको एक टोली दुर्घटनास्थल पुगेको छ । सन् २०१३ मा १०१ यात्रु बोकेको लायन एयरको जहाज इन्डोनेसियाको डेन्पासरमा अवतरण गर्ने क्रममा पानीमा पुगेको थियो । एजेन्सी

महिला हिंसाका घटनामा वृद्धि

पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् ।

महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिकामाथि बलात्कार भएको पाइएको छ भने ३५ जनामाथि कुटपिट, १८ जनालाई खानलाउन नदिने, विवाह दर्ता, जन्मदर्ता तथा नागरिकताजस्ता स्रोत सुविधाबाट बञ्चतीकरण गरिएको छ ।

त्यस्तै १७ जनामाथि गालीगलौज, धम्की, चरित्र हत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दुव्र्यवहार र १२ महिलाको हत्या भएका तथ्याङ्क सङ्कलन गरिएको छ । हिंसा प्रभावित महिलामध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका किशोरी तथा बालिका २५ प्रतिशत रहेका छन् ।

यसैगरी २६ देखि ३५ उमेर समूहका २१ प्रतिशत, ३६ देखि ४५ उमेर समूहका नौ प्रतिशत र ४६ वर्षभन्दा माथिका र उमेर समूह नखुलेका महिला सात÷सात प्रतिशत हिंसाबाट प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ । हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमानबाट, २१ प्रतिशत छिमेकीबाट र परिवारका सदस्यबाट २० प्रतिशत महिला हिंसा प्रभावित भएका छन् ।

यसबाहेक पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा छ जना महिला तथा किशोरीमाथि एसिडको आक्रमणमा परेका छन् । वैवाहिक वा प्रेम प्रस्ताव एवं जबर्जस्ती यौन सम्पर्क राख्न अस्वीकार गर्दा, दाइजोको मामिला वा अन्य सामान्य झगडा आदिमा महिलाको अनुहार नै बिगार्ने उद्देश्यका साथ एसिड प्रहार गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्