४ जना श्रीमती भित्र्याएका ७५ वर्षका वृद्धद्दारा ३ वर्षदेखि आफ्नै नातिनीमाथि बलात्कार, मुद्दा लड्न मात्रै १४ जना वकिल !



हाम्रो इकोनोमि

 

 

बाँकेको कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई ३ वर्षदेखि बलात्कार गरेको खुलासा भएको छ । कोहलपुर नगरपालिका ५ बस्दै आएका ७५ वर्षीया रामचन्द्र घिमिरे (नाम परिवर्तन) ले १६ वर्षीया नातिनी उषा घिमिरे (नाम परिर्वन) लाई बलात्कार गरेको खुलासा भएको हो । उषा स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी थिइन् ।

 

प्रहरीले नातिनीको नाम गोप्य राख्नका लागि हजुरबुवाको नाम पनि गोप्य राखिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले रामचन्द्रविरुद्ध अदालतमा मुद्दा दायर भएको बताए ।  ‘‘०७२ सालदेखि ०७५ सालसम्म आफ्नै नातिनीलाई यौन शोषण गरेको उजुरी आएको हो । केही कुरा पुष्टि पनि भएका छन्,” डीएसपी सिंहले  भने ।

 

घरजग्गा कारोबारी रहेका घिमिरेको करोडौं बराबरको सम्पत्ति छ भने उनले ४ जनासँग विवाहसमेत गरेका छन् । ‘‘छोरा बुहारी अन्तै बस्ने र हजुरबुवासँग पढ्नका लागि पठाइएको रहेछ । यस्तोमा उनले यौन शोषण गर्ने गरेको पाइयो । पीडित किशोरीले नै अदालतमा बयान दिएकी छिन्,’’डीएसपी सिंहले भने ।

 

घिमिरेले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना अधिवक्ता (वकिल) राखेका छन् । प्रहरीले उनलाई एक महिनाअघि पक्राउ गरेको थियो ।  कोहलपुर प्रहरीका डीएसपी सिंहले बालहिंसा र महिला हिंसाविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...