जडीबुटी प्रशोधन केन्द्र बन्द



हाम्रो इकोनोमि

 

 

जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन् ।

 

त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र विगत १८ वर्षदेखि बन्द छ ।

 

विश्व वन्यजन्तु कोष नेपाल, बिएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा रु १९ लाखमा स्थापना गरिएको सो केन्द्र दुई वर्षसम्म मात्र सञ्चालनमा आएको थियो ।

 

जटामसी, समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्ने गरिएको थियो । जडीबुटी सङ्कलन र प्रशोधन जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो । जडीबुटी प्रशोधन गर्ने क्रममा वन जङ्गल मासिन थालेपछि इन्धनको अभावका कारण प्रशोधन केन्द्र बन्द भएको थियो ।

 

उद्योग सञ्चालन गर्न स्थानीय तहले चासो नदेखाएको त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्व गाविस सचिव कालीप्रसाद खत्रीले बताए । ‘थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो, अहिले जडीबुटी अन्यत्र लैजाँदा समस्या भएको छ’, जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भने ।

 

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा बन्द प्रशोधन केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले ५० लाख विनियोजन गरेको बताउँछन् ।

 

‘आवश्यक उपकरणको व्यवस्था गरी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ’, उनले भने । केन्द्र सञ्चालनमा आए जडीबुटी सङ्कलक र व्यापारीले पर्याप्त आम्दानी गर्नसक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...