कस्तो जमाना, पुरुषबाट पुरुष नै बलात्कृत



हाम्रो इकोनोमि

 

 

महिला तथा बालबालिका बलात्कारका श्रृखंलावद्ध घटनाले देशलाई नै लज्जित बनाइरहेका बेला फेरि एउटा अनौठो बलात्कारको घटना सार्वजनिक भएको छ ।

 

सुन्दै अचम्म लाग्ने गरी मकवानपुरको हेटौडामा पुरुषबाट पुरुष नै बलात्कृत भएको खबर सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितिका युवालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

युवालाई करणी गरेको आरोपमा स्थानीय आमा समूहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर उनलाई गाउँ परिक्रमा गराएका छन् । महिलाहरुले सिंखडालाई गाउँ परिक्रमा गराउँदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरले

उनलाई पक्राउ गरी बुधबार साँझ छाडेको स्थानीय महिला दुर्गा अधिकारीले जानकारी दिएकी छन् । सिंखडाले मंगलबार साँझ मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुब्र्यवहार गरेको स्थानीय दुई जना महिलाले देखेपछि घटना सार्वजनिक भएको उनले बताइन् ।

‘महिलाले देखेपछि तुरुन्त होहल्ला भयो । तर रात परिसकेकोले त्यो दिन हामीले केही गर्न सकेनौं’, अधिकारीले भनिन्, ‘हिजो बिहान चोकमा उपस्थिति महिलाहरुले सिंखडालाई मोसो दलेर घुमाउँदै गर्दा प्रहरीले लिएर गएको थियो तर दिनभर दुबै पक्षबीच छलफल गराएर सहमतिपछि प्रहरीले पीडकलाई साँझ छाडेको छ ।’

पीडिकले माफी माग्नुका साथै गाउँका सबै प्रहरी चौकीमा आएर एक पटकलाई माफी दिन भनेपछि सहमति गरेको पीडितका एक आफन्तले बताए । ‘गाउँमै बस्नुपर्ने सबैले भनेपछि मिलौं भनेर सहमति गरेका हौं’, उनले भने । यस बिषयमा बुझ्दा मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गले आफूलाई केही थाहा नभएको बताएका छन् ।

‘जिल्लामा कुनै जानकारी पनि आएको छैन । प्रहरीले कसैलाई पक्राउ पनि गरेको छैन’, उनले भने । ईलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिंखडालाई छाडिएको बताए ।

घटना सामान्य भएको र सिंखडाबाट कोही बलात्कृत भएको नपाइएका कारण छाडिएको रायमाझीले दाबी गरे । पक्राउ परेका सिम्खडा अन्य समयमा समेत मदिरा पिएर गाउँमा हल्ला गर्दै हिँड्ने गरेको स्थानीय महिलाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...