बलात्कारको आरोपमा दुई प्रहरी निलम्बित



हाम्रो इकोनोमि

 

 

बलात्कार गरेको आरोपमा संखुवासभामा कार्यरत दुई प्रहरीलाई निलम्बन गरिएको छ। निलम्बन पर्नेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरी जवान मिक्मा शेर्पा रहेका छन्।

 

सुनसरी दुहबी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभामा कार्यरत प्रहरी जवान शेर्पाले १६ वर्षीया किशोरीलाई बलात्कारकोे प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

 

पीडित किशोरीले आफुलाई प्रहरी जवान शेर्पाले जवरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दिएकी थिइन्।

 

शेर्पालाई जिल्ला अदालत चैनपुरबाट असोज ९ मा जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए।

 

त्यस्तै, इलाका प्रहरी कार्यालय आँखीभुइँमा कार्यरत प्रहरी सहायक निरीक्षक खतिवडा एक महिना अघि समेत निलम्बन परेका छन्।

 

उनी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा निलम्बनमा परेका हुन्। खतिवडा जिल्ला अदालत चैनपुरको आदेशमा मंगलबार ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...