बलात्कारको आरोपमा दुई प्रहरी निलम्बित



हाम्रो इकोनोमि

 

 

बलात्कार गरेको आरोपमा संखुवासभामा कार्यरत दुई प्रहरीलाई निलम्बन गरिएको छ। निलम्बन पर्नेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरी जवान मिक्मा शेर्पा रहेका छन्।

 

सुनसरी दुहबी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभामा कार्यरत प्रहरी जवान शेर्पाले १६ वर्षीया किशोरीलाई बलात्कारकोे प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

 

पीडित किशोरीले आफुलाई प्रहरी जवान शेर्पाले जवरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दिएकी थिइन्।

 

शेर्पालाई जिल्ला अदालत चैनपुरबाट असोज ९ मा जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए।

 

त्यस्तै, इलाका प्रहरी कार्यालय आँखीभुइँमा कार्यरत प्रहरी सहायक निरीक्षक खतिवडा एक महिना अघि समेत निलम्बन परेका छन्।

 

उनी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा निलम्बनमा परेका हुन्। खतिवडा जिल्ला अदालत चैनपुरको आदेशमा मंगलबार ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...