हतियारको नामै सुन्दा हाँसोलाग्दो !



हाम्रो इकोनोमि

 

सांकेतिक नाम भनेको त मिल्दोजुल्दो हुनुपर्ने नि ! तर, नयाँ ढंगबाट सैन्य अभ्यासमा लागेको नेकपा विप्लव समूहले आफूसँग रहेका या संकलित हुन सक्ने तियारलाई पार्टी पंक्तिले मात्र बुझ्ने गरी कोड नाम राखेको पाइएको छ – त्यो नामको चिज यही हो भनेर अरुलाई ठम्याउन पनि गाह्रो पर्ने गरी ।

पक्राउ परी विभिन्न जिल्ला घुमाइँदै रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) कै डायरीबाट फेला परेअनुसार विप्लवका सेनाले हतियारको नाम चकलेट र मोबाइलसम्म पनि बनाइदिएका रहेछन् ।

 

हतियार अर्थात ‘वेपन्स’ लाई ‘मोबाइल’ भनिएको छ । बुलेट (गोली) लाई ‘रिचार्ज’, रसियन एके ४७ राइफललाई ‘स्मार्ट एप्पल’, भारतनिर्मित इन्सास राइफललाई ‘सामसुङ स्मार्ट’, एसएलआरलाई ‘नोकिया’, एसएमजीलाई ‘स्मार्ट सोनी’, अमेरिकी एम १६ लाई ‘सामसुङ नोट फाइभ’, थ्रिनटथ्रीलाई ‘सिम्पल मोबाइल’,

 

गलिल (इजरायली सेनाले प्रयोग गर्ने) लाई ‘नोट एट’, पेस्तोललाई ‘चार्जर’, जिलेटिनलाई ‘मकै’, टिएनटी बिष्फोटकलाई ‘मैदा’, सल्फरलाई ‘बेसार’, अर्डिनरी डेटोनेटरलाई ‘चकलेट’, इलेक्ट्रिक डेटोनेटरलाई ‘मिक्स चकलेट’, ग्रिनेडलाई ‘बल’, वायरलाई ‘तार’ भनेर ०७४ पुस ४ गते स्थायी कमिटीको बैठकले कोड नेम दिएको हो ।

विप्लव समूहको सैन्यतर्फ कोर टिममध्ये १५ जनासम्मको व्युरो छ । बागमतिलाई पूर्वी र पश्चिम ताम्सालिङमा छुट्याएका छन् । बाँकी सबै तत्कालीन अञ्चल संरचनाअनुसार टिम बनाइएको छ । कर्णालीमा सबभन्दा ठूलो व्युरो छ, २१ देखि २५ जनाको । अन्यत्र ७ देखि ११ जनाको कमाण्ड छ ।

 

तीन प्रकारका विभिन्न कमाण्ड खडा गरिएका छन् । सैन्य तालिमको कमाण्ड उदय चलाउने (दीपक) ले पाएका छन् । उनी पहिला खुला मोर्चाको रुपमा रहेको राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष थिए । वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक भरत सुवेदीलाई ०७२ साउनमा कालोमोसो दल्ने कामको नेतृत्व उनैले सम्हालेका थिए ।

 

अहिले उनले पाएको नयाँ जिम्मेवारीअन्तर्गत जनसेनामा पूर्वलडाकु र नयाँ दुबैखाले भर्ना गराउने योजना छ । बसन्त श्रेष्ठ (प्रज्वलन) पूर्वी ताम्सालिङका इञ्चार्ज हुन् । उनैले माघ ७ गते सेनामा बस्ने मनोविज्ञान नदेखिएको, कार्यकर्ता परिचालित नभएको निश्कर्ष बैठकसमक्ष सुनाएका थिए ।

विप्लव समूहको सबभन्दा राम्रो पक्ष देखिएको छ, आर्थिक परिचालनमा । साना–साना हिसाबहरू पनि मिहिन पाराले राखिएको, प्रयोजनसमेत खुलाइएको प्रकाण्डको डायरीमा फेला परेको छ ।

 

सेनातर्फ समेत संलग्न पार्टी केन्द्रीय सदस्यलाई महिनाको १० हजार दिइँदो रहेछ । कमाण्डरलाई तीन हजार, भाइस कमाण्डरलाई २५ सय, अन्यलाई दुई हजार । महिलाको हकमा २२ सय दिइने गरेको विवरण फेला परेको छ ।

 

सैन्य पोशाकबारे निर्णय भइसकेको जनाउँदै सर्कुलरमा भनिएको छ, ‘यसबारे फरक माध्यमबाट जानकारी गराइने छ ।’जनअनस्थाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...