पानी मिसाएको भन्दै पेट्रोल पम्पमा सिलबन्दी



हाम्रो इकोनोमि

 

रुपन्देहीको सिमावर्ती क्षेत्र बेलहियामा रहेको पेट्रोल पम्प नवजीवन आयल स्टोरमा संयुक्त बजार अनुगमन टोलीले सिलबन्दी गरेको छ । पेट्रोलमा पानी मिसाएर बेचेको भन्दै अनुगमन टोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाको उक्त आयल स्टोरमा सिलबन्दी गरेको हो ।

 

बेलहियादेखि काठमाण्डौमा जाने क्रममा पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) समेत रहेका योगेश्वर रोमखामीले बा १३ प १९८५ नम्बरको गाडीमा उक्त पम्पबाट पेट्रोल हालेका थिए ।

 

पेट्रोल भरेको केही बेरपछि पटकपटक गाडी रोकिएपछि रोमखामीको गुनासो आधारमा अनुगमन टोलीले पम्पमा अनुगमन गर्दा  पम्पमा रहेको पेट्रोलमा पानी मिसिएको फेला परेको बताइएको छ ।

 

‘मैले पेट्रोल हालेको केही समयपछि पटक पटक गाडी रुक्ने गरेपछि वर्कशप लगेर परीक्षण गराउँदा पेट्रोलमा पानी मिसिएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरे,’ योगेश्वरले बताए । योगेश्वरकै उजुरीको आधारमा उक्त पेट्रोल पम्पमा सिलबन्दी भएको हो ।

 

टोलीले उक्त आयल स्टोरमा स्थलगत निरीक्षण गर्दा नापतौल कार्यालयबाट नापजाँच समेत नभएको भेटिएको अनुगमन टोलीले बताएको छ । ल्याबबाट रिपोर्ट नआउँदासम्म पेट्रोल पम्पमा सिलवन्दी गरिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...