अमेरिकी डीभीको आवेदन असोज १७ देखि खुल्ने



हाम्रो इकोनोमि

 

अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ ।

आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।

आवेदन दर्ता गर्दा पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।

तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पतिरपत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...