बहुविवाह गर्ने जोडीलाई दुई वर्ष कैद



हाम्रो इकोनोमि

 

बहुविवाह गरी फरार एक जोडीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा साविक छायाँक्षेत्र गाविस–४ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ नयाँवसपार्क बस्दै आएका ४० वर्षीय चन्द्रबहादुर खड्का र सोही ठाउँकी ३५ वर्षीया पार्वती रावत रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला अदालत बुझाएको हो।

 

उनीहरुलाई २०६४ सालमा जिल्ला अदातल सल्यानले दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।

 

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। खडका दम्पत्तीलाई जिल्ला अदालत मार्फत कैद भुक्तानीका लागि जिल्ला कारागार सल्यानमा चलाउन गरिएको शाहीको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...