महिलासँग नरमाएको कस्तो हो त्यो कठोर मन !



आज विवश भई भन्न गइरहेको छु, यो कथा । मन थिएन तर बाध्य भएँ । ऊसँग भेट भएको एक वर्ष बितिसकेको थियो । देवले पशुपति कलेजमा चिनापर्ची गराएपछि हामी नजिकका साथी मात्र भएनौँ रुममेट नै बन्यौँ ।
उनीहरु स्नातक दोस्रो वर्षमा अध्ययनरत थिए । तर, पत्रकारिताको एउटै कलेज भएकाले कोठानजिकैको पशुपति त्यागेर भृकुटीमण्डपको आरआर कलेजमा पुगें । त्यतिबेला फुर्सदिलो भएकाले प्रायः शनिबार सबै साथीभाइ मिलेर घुम्न गइन्थ्यो ।
स्वयम्भू, पशुपति डाँडा, नगरकोट र कीर्तिपुरको चोभार नै मुख्य गन्तव्य हुन्थ्यो । शनिबार खानपिन गरेर निस्किएपछि राति अबेरसम्म रमाइलो गरिन्थ्यो । रातिको खाना कहिले बाहिर त कहिले डेरामै । शनिबार कुनै एक जना साथीको कोठामा ‘ग्यादरिङ’ हुन्थ्यो ।
अहिले पनि कहिलेकाहीँ पार्टी त गरिन्छ तर विगतजस्तो मज्जा आउँदैन । धेरै साथीभाइ आफ्नै व्यस्तताले भेटिएका छैनन् भने आफू पनि कामको चापले पहिलेजस्तो फुर्सदिलो छैन । यद्यपि, मौका मिलाएर कहिलेकाहीँ दुःख भुल्ने गर्छाैं ।

‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो…’ उतिबेला किशोरावस्थामा स्वरसम्राट् नारायण गोपालको यो गीत खुबै सुन्थें । पहिले गीतका शब्दले मुटु हल्लिने गरी हिर्काउँथ्यो । अहिले गीत सुन्नेबित्तिकै मथिंगल हल्लिने गर्छ । साँच्चिकै मान्छेको मन, माया र प्रेम भन्ने कुरा खोलामा बग्ने पानीजस्तै हुँदोरहेछ । भएभरको सबै वस्तु मिसिने खोलाको पानी कति कञ्चन छ भनेर कसले छुट्ट्याउन सक्नु ?

त्यस्तै कसको मनमा कस्ता खालका भावना उनिएका छन् बुझ्नै कठिन ! ऊ मेरो जीवनमा त्यही अनौठो बनेर आयो । ऊभित्र के–कस्ता भावना जाग्छन् म त्यो नाप्न सक्दिनँ । उसका हाउभाउ मात्रै बुझ्छु । २३ वर्षे लक्का जोवन ! खाइलाग्दो ज्यान । शरीरको बनावट असाध्यै मिलेको । गोरोमा गोरो त्यसमाथि रेबनको चस्मा लगाउँदा कुनचाहिँ युवती नपट्टिएलान् र ? सुन्दरताको तारिफ गरिसाध्य छैन । लाग्छ, भगवान्ले उसलाई प्रकृतिमा रोजेरै पठाएका हुन् ।
सबै साथीभाइसँग उत्तिकै मिल्ने स्वभावका उनी तिनै मेरा मित्र हुन्, योगेन । मभन्दा पढाइमा तेजिलो । एकपटक भनेको कुरा दिमागले टिपेपछि डिलिट नहुने । भविष्यमा गायक बन्ने सपना छ । अहिले संगीत सिक्दैछ । स्वर त्यस्तो जादुमय नभए पनि मिठास छ । गितारको तालमा ओठ चलाउँछ र भावनामा डुब्दै गीत गाउन थाल्छ ‘पर्खि बसें आउँला भनी… ।’

ऊसँग भेट भएपछिका दिन रमाइलो गरी बित्दै थियो । समय न हो एक÷दुई दिन हुँदै वर्षै बितेजस्तो लाग्ने । अहिले हामीसँगै बसेर रम्न थालेको तीन वर्ष पूरा भइसकेको छ । ०७२ सालको भूकम्पपछि अर्थात् असार दोस्रो साता हाम्रो भेट भएको हो । भेट भएको करिब १५ दिनमै हामी तीनजना (देव, योगेन र म) सँगै बस्ने निधो ग¥यौँ । त्यतिबेला योगेन बालाजुमा बस्थ्यो । देव र म चाबहिलमा ।

पूर्वशर्तअनुसार शनिबारको दिन पारेर योगेन पनि हामीसँगै बस्यो । त्यस दिनदेखि हामी दाजुभाइजस्तो भएर आफ्नो कर्तव्य पूरा ग¥यौं । मिलेरै कोठाभाडा, रासनपानी, तरकारी र बिजुलीको बिल तिथ्र्यौं । अहिले पनि त्यसैगरी बसेका छौँ । हामीबीच कुनै मनमुटाव छैन । म अहिले एक सञ्चारकर्मीका रूपमा काम गरिरहेको छु । योगेन र देवले केही समय चाबहिलमा क्याफे सञ्चालन गरे पनि पढाइका कारण पसल बेचेर अहिले गहन अध्ययनमा छन् ।
दुवैलाई स्नातकोत्तर सकेर भविष्य बनाउनु छ । मलाई उनीहरूजस्तै इच्छा भए पनि स्नातक तेस्रो वर्षमा एक विषय झुन्डिएपछि एक वर्ष थन्किनुपरेको छ । कामको व्यस्तताले गर्दा पढाइलाई राम्रोसँग अघि बढाउन नसकेकाले मन बुझाएको छु ।

योगेनसँग चिनजान भएको डेढ वर्ष बित्दै थियो । त्यतिञ्जेल मलाई उसको त्यो स्वभावबारे थाहा थिएन । तीन वटा कोठा भाडामा लिएका थियौँ । एउटा भान्छा र अर्काे सुत्ने कोठा । एक रात खाना खाएर सुत्न योगेन र म हाम्रो कोठातिर छि¥यौँ ।

देव उसकै कोठातिर छि¥यो । अहिले देवले विवाह गरिसकेको छ र सिंगल रुममा डबल ज्यानको इन्ट्री भएको छ । यता, योगेन र म उही शैलीमा बस्दै आएका छौँ । हो, त्यो दिनको घटना भन्न गइरहेको छु, आज म । ‘म केटाबाहेक अरू कसैसँग विवाह गर्दिनँ । केटीप्रति कुनै चासो छैन । अहिलेसम्म तीन जना केटीले प्रपोज गरिसके तर मैले एक्सेप्ट गरेको छैन ।’ मोबाइलको स्क्रिनको लक खोल्दै मलाई देखायो । फेसबुकको म्यासेन्जर बक्समा तीन जनाले प्रपोज गरेका रहेछन्, ‘आइ लाइक यू, डोन्ट हेट मी ! ल्पिज एक्सेप्ट माई रिक्वेस्ट ।’ उसले पालैपालो तीनै जनाको फोटो पनि देखायो ।
एकछिन उसको म्यासेज पढेर रनभुल्लमा परें । तीनै जनाको फोटो सुन्दर थियो । मै प्रपोज गरुँँ गरुँझैँ लाग्ने । तर, मनको कुरा मनमै रह्यो । मेरो ध्यान उसले बोलेको ‘केटाबाहेक अरूसँग विवाह गर्दिनँ’ भन्नेमै केन्द्रित रह्यो । र, सबै कुरा सोधखोज गर्न थालँे । उसले बचपनदेखि किशोरावस्थासम्मका सबै घटना कपीका पानासरि पल्टाउँदै भन्न थाल्यो । ध्यानपूर्वक सुन्दै गएँ ।
बीचमा डर पनि लागेर आयो । चिच्याउने अवस्था थिएन । मन दह्रो बनाएर एकटकले उसलाई हेर्दै सुनिरहँे । उसले सबै कुरा भन्यो । र, कुराकानीकै क्रममा अमेरिकामा ब्वाईफ्रेन्ड ह्यारीसँग लभ अफेयरमा रहेको सुनायो । त्यसपछि छाँगाबाट खसेजस्तै भएँ । सपना हो या विपना । खोला तलबाट माथि पनि बग्दोरहेछ । हैट ! म आत्तिएको देखेर उसले सम्झायो, ‘नवीन ! त्यस्तो आत्तिनुपर्ने जरुरी छैन । मान्छेको मन न हो ।
बाहिर देखिएको शरीरजस्तो भित्री मन पनि त्यस्तो नहुँदो रहेछ । म तिमीभन्दा बिल्कुल फरक छु । तर, मैले तिमीलाई त्यस्तो कुदृष्टिले कदापि हेरेको छैन । भेट भएदेखि नै तिमीलाई यो कुरा भनौँ भन्ने लागेको थियो तर सकिनँँ ‘आइ एम रियल्ली सरी यार !’

जंगलको बाटोमा आफूसामु उभिएको बाघ देखेर बेहोस भएपछि बाघले सुँघेर गएको र ज्यान सग्लो रहेको कथा सुनेको थिएँ । कथामा बाघ गएपछिको अवस्थामा मैले तत्काल उसलाई प्रश्न गरें, ‘यो कुरा घर परिवारलाई थाहा छ कि छैन ?’ ‘दिदीबाहेक अरू कसैलाई थाहा छैन ।’ त्यसपछि मन अलिकति हल्का भयो । उसको दिदी अस्ति भर्खंरै दुबईबाट नेपाल एक महिना बिदामा घर आएकी हुन् । अब, केही दिनमै फेरि रोजगारीका लागि दुबई जाँदै छिन् भने जेठो दाइ कोरियामा छन् ।

दुई भाइमध्ये योगेन कान्छा हुन् । उनलाई पढ्न, बस्न र खान कुनै दुःख छैन । दाइ र दिदीले खर्च पठाउँछन् । ‘परिवारलाई चाहिँ किन थाहा नदिएको योगेन ?’ उसले आफूले दिदीबाहेक अरू कसैलाई भन्न नचाहेको बतायो । र, आफूलाई यो कुरा भन्न उपयुक्त नलागेको भन्दै नेपाली समाजमा बस्न गाह्रो हुने र जतिसक्दो चाँडो विदेश जाने मन खोल्यो । मैले त्यसो नगर्न सल्लाह दिए पनि उसले मानेन र आफ्नो बोइफ्रेन्ड ह्यारीसँग फेसबुकमा भएको सबै कुराकानी देखायो ।
वर्षांैदेखि दुईबीचको कुराकानी देखेर झन् अचम्भित भएँ । ह्यारीका नाति–नातिनी रहेछन् । बुहारी र छोरा पनि देखेँ । केही महिनादेखि ह्यारीले योगेनलाई मायाले सय डलर (१० हजार) बैंकमार्फत नेपाल पठाएको रहेछ । योगेनलाई जति सक्दो चाँडो अमेरिका आउन पहलकदमी पनि गरेको रहेछ । तर, अमेरिका जान भिसा अप्लाई गरे पनि दुईचोटि योगेन फेल भएको थियो । योगेनले यी सबै देखाएपछि छर्लंग भएँ । अहिले यो कुरा देवलाई पनि थाहा छ तर समग्रमा छैन ।

बीचमा ह्यारीसँग ब्रेकअप हुन पुग्यो । त्यो बेला योगेन निकै चिन्तित भयो । तर, रोएन । दुई बीच ब्रेकअप हुनुको कारण थियो, योगेन पनि क्याफेमा व्यस्त र ह्यारी पनि परिवारसँग व्यस्त । दुईबीच भएको सबै कुरा योगेनले सुनाउन कञ्जुस्याइँ गरेन । सबै कुरा सुनायो । मलाई ऊप्रति अबचाहिँ साँच्चिकै दया जागेर आयो । मान्छेको मन अनुपम हुनेरहेछ । मनसामु तन (शरीर) को कुनै जोर नचल्नेरहेछ । शरीरको दागमा अर्काे शरीरको मासुको टुक्रा काटेर भरेसरी मनलाई भर्न÷बदल्न कहाँ सकिनेरहेछ र ? समाजले उसलाई कर्के नजरले हेरे पनि मैले कदापि हेर्न सक्दिनँ । उसको ठाउँमा बसेर आफैँलाई पनि तौलन्छु ।

र, उसलाई पनि सम्झाउँछु । बीचमा ह्यारीसँग ब्रेकअपपछि उसको माया सुनील क्षेत्रीसँग बस्यो । तर, फेसबुकमार्फत बसेको प्रेम दीर्घकालीन रहेन । सुनील योगेनलाई भेट्न विराटनगरदेखि काठमाडौं नआएको पनि होइन । दुवै जनाले बानेश्वरको नाम चलेको गेस्ट हाउसमा तीन रात बिताए । चन्द्रागिरिको डाँडा घुमे । पशुपति घुमे । काठमाडौंको सबै डाँडा घुमेर सुनील फर्कियो । सातापछि संयोगले सुनीलको दाइ पर्नेसँग योगेनको भेट भयो, त्यसक्रममा दाइले सबै कुरा खुलस्त पारे, सुनीलकी श्रीमती र एउटा छोरा भएको । सुनीलले प्रतिवाद गरे पनि परिवारले जबर्जस्ती पुस्ता नमास्न आग्रह गर्दैै विवाह गरिदिएको रहेछ । अहिले सुनील विवश भई बाँचेका छन् ।

यी सबै कुरा थाहा पाएपछि योगेनले उसलाई फेसबकुबाट हटाएको छ भने अर्काे नम्बर परिवर्तन गरेको छ । अहिले फेरि योगेनको ह्यारीसँग चक्कर चलिरहेको छ । बेलुकी घण्टौँ फेसबुकमा कुराकानी भएको सुन्छु । योगेन अंग्रेजीमा तीक्ष्ण छ । तर, मलाई ह्यारी र उसले बोलेको अंग्रेजी बोलीले तीनछक्क बनाउँछ । तैपनि, दुईतिरको हाउभाउ र बोलीअनुरूप केही बुझेजस्तो हुन्छ ।

नबुझे पनि कुराकानी सकिएपछि योगेनले भए भरको सबै सुनाउँछ । अहिलेसम्म मलाई ‘गे’ अर्थात् समलिंगीबारे एउटै कुरा थाहा थियो । तर, डिक्सनरीमा त्यतिमात्र रहेनछ । डिक्सनरीमा गे को अर्थ स्पष्टसँग अंग्रेजीमा लेखिएको छ,‘चियरफुल, चियरी, मेरी, जोल्ली, ह्याप्पी, ग्ल्याड, ब्राइट..।’ सोच्छु, सायद गे भनेको खुसीमा रमाउने प्राणी हो । समाजमा उसलाई पनि अरूजस्तै गरी रम्न दिनुपर्छ । योगेन, तिमी यसैगरी सदा खुसी रहनू ।  – तिम्रो नरेन्द्र ,जनआस्थाबाट

 

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा