सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा कुन सामानको मूल्य कति ? (मूल्य सहित)



हाम्रो इकोनोमि

 

सरकारले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते (शुक्रबार) देखि सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।

 

असोज २७ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा छुटको व्यवस्था गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यस्तो पसलको सञ्चालन नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दूग्ध विकास संस्थान मिलेर गर्नेछन् ।

 

उनीहरुले नेशनल ट्रेडिङको भवन नजिक  संयुक्त एकीकृत मूल्यको पसल सञ्चालन गर्नेछन् ।  सुपथ मूल्य पसलको उद्घाटन १२ गते बिहान ११ बजे हुनेछ ।
त्यसबाहेक छुट्टा छुट्टै पनि सञ्चालन हुनेछ ।

 

साल्ट ट्रेडिङले आफ्ना व्यापारिक वस्तुमध्ये नुन र चिनी काठमाडौँमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल र काठमाडौँ बाहिर रहेको डिपो र कार्यालय गरी २४ स्थानबाट  बिक्रि वितरण गर्नेछ । साल्ट ट्रेडिङको उपत्यकाभित्र र बाहिर गरेर ३६ वटा बिक्रि बितरण केन्द्रहरु रहनेछन् ।

 

दूग्ध संस्थानले  घ्यु, पनिर लगायतका दुग्धजन्य वस्तुहरु काठमाडौँको लैनचौर, न्यूरोड र खुमलटार गरी तीन ठाउँबाट र काठमाडौँ उपत्यकाबाहिर हेटौँडाको औद्योगिक क्षेत्र र सालोक चोक, विराटनगरमा कञ्चनबारी र महेन्द्रनगर चोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवलमा एक, नेपालगंज÷ कोहलपुरमा एक र धनगढीमा गरी नेपालभर १२ स्थानबाट विक्रि वितरण गरिनेछ ।

 

सरकारी पसले र डिलर तथा सहकारीबाट  (जो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकरण भएका छन् ।) उनीहरुले विभिन्न छुटको पनि व्यवस्था गरेका छन् ।

 

दाल चामल उद्योगले दाल चामलमा ३ प्रतिशत छुट, थोक विक्रेताले ३ प्रतिशत छुट,  तेल घ्यू उद्योगले तेल घ्यूमा ३ प्रतिशत , आयातित तेलमा प्रति पाँच लिटरमा १५० रुपैया, चिनी मूल्य अभिवृद्धि करबाहेक प्रतिकेजी ५७ रुपैयाँमा उपलब्ध गराउने, सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० प्रतिशत छुट रहेको छ ।

 

नेपाल खाद्य संस्थानका उपभोग्य बस्तुमा यस्तो छ छुट
प्रतिकेजी ४५ रुपैयाँ पर्ने सोना मन्सुली चामलको ४० रुपैयाँ
६० रुपैयाँ पर्ने जिरा मसिनोलाई ५५ रुपैयाँ
प्रतिकेजी ९१ रुपैयाँ पर्ने बास्मती चामलाई ८१ रुपैयाँ
४८ रुपैयाँपर्ने गोरखनाथ चामललाई ३८ रुपैयाँ

 

८० रुपैयाँपर्ने जापानीज चामललाई ७५ रुपैयाँ
१३० रुपैयाँ पर्ने जुम्ली सिमी चामलको प्रतिकेजी १२० रुपैयाँ
८० रुपैयाँ केजीको जुम्ली तिते फापरलाई ७० रुपैयाँ
खसी बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट

 

यता साल्ट ट्रेडिङको वस्तुमा  २० रुपैयाँ पर्ने नुनलाई १८ रुपैयाँ दिने जनाएको छ ।

 

चिनीमा ५ रुपैयाँ छुट र आवाश्यकता अनुसार अन्य छुट छ भने दूग्ध विकास संस्थानबाट उत्पादित वस्तुमा  ९०० रुपैयाँ पर्ने एकलिटर घ्यूलाई ८५० रुपैयाँ, प्रतिकेजी ६२० रुपैयाँ पर्ने पनिरको मूलय ६१० रुपैयाँ तोकिएको छ । आइसक्रि, दही, लस्सी, केचपजस्ता वस्तुमा पनि छुट रहेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...