नक्कली भूकम्पपीडित भएर पैसा लिएकालाई छिट्टै कारवाही गरिने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालीने बताउनुभएको छ ।

 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक्रियामा उहाँले पैसा लिएर काम नगर्ने र एकै परिवारमा तथा एक ठाउँमा पक्की घर भई अर्को ठाउँको घर भत्केकाको पैसा लिएर बसेकालाई एउटा विधि बनाएर कारवाहीको थलानी गर्ने तयारी भइरहेको बताउनुभयो ।

 

 

‘‘त्यस्ता व्यक्तिलाई एक महिनाका लागि इमानदारीका साथ पैसा फिर्ता गर्न प्राधिकरण र स्थानीय तहमार्फत आग्रह गरिरहेका छौँं’’ उहाँले भन्नुभयो, “त्यो समयभित्र पनि फिर्ता नगरे नियमअनुसार असुल उपर गर्ने र त्यस्ता व्यक्तिले स्थानीय तह र केन्द्रीयस्तरको राज्यबाट पाउने सेवा सुविधा रोक्का गर्नेछौँ ।”

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...