निर्मला हत्या प्रकरण एसपी विष्टको अर्को पोल खुल्यो , सिडिओसँग कुरै नगरी गोली चलाइयो



हाम्रो इकोनोमि

 

 

निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन भन्दै कञ्चनपुरको भीमदत्तनगरमा भएको प्रदर्शनमा गोली चलाउन एसपी डिल्लीराज विष्टले प्रमुख जिल्ला अधिकारीलाई नसोधेको कुरा खुलेको छ ।

 

 

निर्मला हत्या र गोलीबारी तथा अनुसन्धानका क्रममा भएका त्रुटिबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा सिडिओले गोली चलाउन आदेश नै नदिएको उल्लेख छ ।

 

समितिले प्रदर्शनका क्रममा प्रहरीले गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो ।

 

प्रदर्शनमा क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रजिअ कुमारबहादुर खड्काले समितिलाई बयानमा बताएको कुरा प्रतिवेदनमा समेटिएको  छ ।

 

 

एसपी डिल्लीराज विष्टलाई यसबारे पटक–पटक सम्पर्क गर्दा फोन नउठाएको बयान पनि प्रमुख जिल्ला अधिकारीले समितिलाई दिएका छन् । एसपी सम्पर्कमा आउनै चाहेनन् । समितिले एसपीका सवारी चालक, प्रहरी जवानहरुमाथि पनि अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

यसैगरी घटनामा संलग्न भन्दै पक्राउ गरेर प्रहरीले यातना दिएका दिलिपसिंह विष्टको सरकारले उपचार गर्नु पर्ने भनिएको छ ।

 

प्रहरीले मुख्य अभियुक्त भनेर दिलिपको डिएनए परीक्षण समेत गराएको थियो । तर, डिएनए निर्मलाको फाइलसँग मेल खाएन । जिम्मा जमानीमा छोड्नु परेको थियो ।

 

 

समितिले गएको भदौ ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार प्रहरी नायब उपरीक्षक डिएसपी ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बमा परेका थिए ।

 

निर्मला हत्याबारे अनुसन्धान गर्न अन्य टोली समेत खटिएका छन् । तर, दोषी अझै पत्ता लाग्न गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...