लुक्ला उडेको विमान रामेछाप ओर्लिएपछि…



हाम्रो इकोनोमि

 

 

नेपाल वायुसेवा निगमले सोमबार वाई–१२ को चिनियाँ जहाज परीक्षण उडान गरेको छ ।

काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको नयाँ जहाज मौसमको प्रतिकूलताका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थलीमा अवतरण गराउनु परेको छ ।

परीक्षण उडानका लागि चालक दलका सदस्य र प्राविधिकसहित १० जनालाई बोकेर उडेको चिनियाँ विमान बाक्लो हुस्सु र बादलका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थली विमानस्थलमा अवतरण गराउनु परेको जनाइएको छ ।

मन्थलीबाट काठमाडौं फर्काइएको विमान मंगलबार बिहान साढे ५ बजे फेरि लुक्ला जाने निगम स्रोतले जानकारी दिएको छ । सोमबारको परीक्षण उडानको नेतृत्व क्याप्टेनद्वय आङ नुरी शेर्पा र उद्वव घिमिरेले गरेका थिए ।

जहाजको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको पाइटललाई उद्धृत गर्दै निगम स्रोतले जनाएको छ । निगमका एक कर्मचारी भन्छन्, ‘‘यो हाम्रा लागि निकै ठूलो उपलब्धि र खुशीको कुरा हो, अब थन्किएको जहाज नियमित रुपमा उड्ने छ ।’

मंगलबार बिहान लुक्लाको परीक्षण उडान सकिएपछि रारा, डोल्पा, सिमिकोट र जोमसोममा पनि परीक्षण उडान गरिने र त्यसलगत्तै यात्रुहरुका लागि व्यवसायिक उडान शुरु गरिने वायुसेवा निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...