लुक्ला उडेको विमान रामेछाप ओर्लिएपछि…



हाम्रो इकोनोमि

 

 

नेपाल वायुसेवा निगमले सोमबार वाई–१२ को चिनियाँ जहाज परीक्षण उडान गरेको छ ।

काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको नयाँ जहाज मौसमको प्रतिकूलताका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थलीमा अवतरण गराउनु परेको छ ।

परीक्षण उडानका लागि चालक दलका सदस्य र प्राविधिकसहित १० जनालाई बोकेर उडेको चिनियाँ विमान बाक्लो हुस्सु र बादलका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थली विमानस्थलमा अवतरण गराउनु परेको जनाइएको छ ।

मन्थलीबाट काठमाडौं फर्काइएको विमान मंगलबार बिहान साढे ५ बजे फेरि लुक्ला जाने निगम स्रोतले जानकारी दिएको छ । सोमबारको परीक्षण उडानको नेतृत्व क्याप्टेनद्वय आङ नुरी शेर्पा र उद्वव घिमिरेले गरेका थिए ।

जहाजको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको पाइटललाई उद्धृत गर्दै निगम स्रोतले जनाएको छ । निगमका एक कर्मचारी भन्छन्, ‘‘यो हाम्रा लागि निकै ठूलो उपलब्धि र खुशीको कुरा हो, अब थन्किएको जहाज नियमित रुपमा उड्ने छ ।’

मंगलबार बिहान लुक्लाको परीक्षण उडान सकिएपछि रारा, डोल्पा, सिमिकोट र जोमसोममा पनि परीक्षण उडान गरिने र त्यसलगत्तै यात्रुहरुका लागि व्यवसायिक उडान शुरु गरिने वायुसेवा निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...