जसलाई् ५४ पटक ‘विषालु’ सर्पले टोकिसक्यो आखिर किन ?



हाम्रो इकोनोमि

 

गोमन लगायत विषालु सर्प देख्ने बित्तिकै जुनसुकै व्यक्ति धेरै डराउँछन् । झन् टोकेपछि के हालत होला ? कल्पना नै गर्न सकिन्न ।

 

सर्पको टोकाइपछि बाँचेकाहरू पुनर्जन्मको अनुभूति गर्छन् । तर, एक जना व्यक्तिलाई गोमन र करेत सर्पले हालसम्म ५४ पटक डसेपनि सकुशलै छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्ला ।

 

कैलालीको भजनी नगरपालिका–६ नवलपुरका स्थानीय २५ वर्षीय रमेश चौधरीलाई हालसम्म ५४ पटक गोमन र करेत सर्पले डसिसकेको छ । सबैभन्दा विषालु मानिने गोमन र त्यसपछिको विषालु करेत सर्पले उनलाई १५ वर्षको अवधिमा ५४ पटक डसिरहेको हो ।

 

खुट्टाको घुँडाभन्दा मुनिको भागमा सर्पले डस्दै आएको बताउँदै उनले बुटजुत्ता लगाएपनि जुत्ताभित्र पसेर समेत सर्पले डसेको तीतो घटना उनले सुनाए ।

 

उनी भन्छन्, ‘यति धेरै पटक मलाई सर्पले डसिसकेका छन् । म सर्पदेखि परेशान छु । भगवानको कृपाले भनुँ कि भाग्य या संयोगले बाँचेको छु ।’

 

अर्काे अचम्मको पक्ष के छ भने सर्पले डसिसकेपछि उनले कहिल्यै पनि अस्पतालको मुख देखेका छैनन् । उनलाई हत्तपत्त गाउँमै लगिन्छ । निको पारिन्छ । आदिवासी थारु समुदायमा सर्पको विष झार्ने (चुस्ने) तान्त्रिक नगहर गुरूवाबाटै उनको झारफुकको माध्यमबाट  उपचार हुँदै आएको उनका दाई बृजमोहन चौधरी बताउँछन् ।

 

गत भदौ महिनामा मात्रै उनलाई २ पटक गोमन सर्पले डसेको थियो । धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकै डेरा गरी बस्दै आएका उनलाई भदौ ७ र १५ गते गोमन सर्पले डसेको थियो ।

 

तर, नजिकै सर्पको उपचार हुने सुविधासम्पन्न सेती अञ्चल अस्पताल नलगेर उनकै आग्रहमा परिवारजनले एम्बुलेन्समा राखेर नवलपुर गाउँ पुर्याए । नगहर गुरूवाको झारफुकबाट उनी निको भए ।

 

 

उनका दाई बृजमोहन भन्छन्, ‘भाइ सानो छँदा मलाई सर्पले डसेको थियो । त्यतिबेला भाइ (रमेश) ले झारफुकको लागि गाउँमै रहेका नगहर गुरूवालाई बोलाउन गएका थिए ।

 

त्यहीबेला बाटोमै सर्पले उसलाई (रमेश) डसेको थियो । पछि हामी दाइभाइ दुवै जनालाई झारफुक गरी निको पारे । त्यसदिनदेखि सर्पले भाइलाई पिछा गर्दै आएका छन् ।’

 

यतिधेरै पटक सर्पले डसेपछि उनी र उनको परिवारै त्रसित भएको छ । उनको परिवार मात्रै नभई गाउँभरीकै मानिस हैरान छन् । यतिसम्म कि झारफुक गर्ने नगहर गुरूवाहरू समेत हैरान भएको बृजमोहनले बताए ।

 

सर्पबाट उन्मुक्ति पाउन उनको परिवारजनले हरसम्भव प्रयास समेत गर्दै आएका छन् । सर्पको प्रतिमा स्थापना गरी पूजापाठ, हवनलगायत धार्मिक क्रियाकलाप समेत गरिसकेका छन् ।

 

तर, हालसम्म रहस्य पत्ता लगाउन सकेका छैनन् । किन उनलाई यति धेरै पटक सर्पले डस्यो ? निकट भविष्यमा अझै के–के हुने हो ? उनको परिवार चिन्तित बनेको छ ।

 

झारफुकमै उनको परिवारले धेरै खर्च समेत गरिसकेका छन् । नगहर गुरूवाले एक पटकको झारफुकमा कुखुरा र बोकाको बली चढाउने हुनाले धेरै खर्च गरिसकेका हुन् ।

हालसम्म १ सय ८ वटा कुखुरा, १ वटा बोकासहित रक्सी, गुरूवालाई भोजभतेर गराइसकेको बृजमोहन बताउँछन् । उनी धनगढीस्थित हाइड्रो इलेक्ट्रीकल्स् टेक्निकल एजुकेसन कलेजमा दोस्रो तहमा अध्ययनरत छन् ।

 

सेती अञ्चल अस्पताल धनगढीका आकस्मिक कक्ष प्रमुख डाक्टर कृष्ण बोहराले ५४ पटक सर्पले टोक्नु कुनै सामान्य कुरा नभएको बताए ।

 

नयाँ खोजको विषय हुन सक्ने बताउँदै उनले भने, ‘कि त विषालु र अविषालु सर्प पहिचानमा समस्या होला । हैन भने वास्तवमै विषालु सर्प नै हो भने यो कुनै मजाक होइन ।’

 

अविश्वासिलो घटना भएको बताउँदै उनले वास्तविकताको लागि व्यक्तिबारे खोज गर्नैपर्ने समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...