श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या



हाम्रो इकोनोमि

 श्रीमतीसँग झगडा भएपछि श्रीमानले अात्महत्या गरेका छन्।

 

छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे  बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्।

 

आइतवार श्रीमानसँग झगडा गरे पछि श्रीमतीले सम्बन्ध बिच्छेद गर्न भनि जिल्ला अदालतमा निबेदन दर्ता गरेकी थिइन्।

 

श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराए पछि ति युवकले आइतवार राती आफ्नाे घर अगाडी रहेकाे आरुको बोटमा पाँसो लगाई आत्महत्या गरेका हुन्।

 

आफुलाई मदिरा सेवन गरी दिनहुँ कुटपिट गर्ने र  कान्छि पत्नि ल्याएर अन्यत्र राखेको भन्दै पतिसँग सम्बन्ध बिच्छेद गर्न उनकी श्रीमतीले जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न निवेदन दर्ता गराएकी थिइन्।

 

 मृतकको शव जिल्ला अस्पतालमा  पोष्टमार्टम पश्चात परिवारलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र बाबु रेग्मिले बताए। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...