ओम बाबालाई थप ८ दिन हिरासतमा राख्न आदेश



हाम्रो इकोनोमि

 

 

सावित्री पुडासैनीको मृत्यु प्रकरणमा हिरासतमा रहेका ओम बाबालाई जिल्ला अदालत मकवानपुरले थप ८ दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ ।

 

हेटौंडा १४ मयुरधापमा रहेको ‘सत्य ओम बाबा आरोग्य आश्रम’का संचालक ओम बाबा भनिने ओम प्रकाश श्रेष्ठलाई सोमबार जिल्ला अदालत मकवानपुरले थप अनुसन्धान गर्न प्रहरीलाई थप ८ दिन म्याद दिएको छ ।

 

हेटौंडा ११ नवलपुरकी साबित्री पुडासैनीको मृत्यु प्रकरणमा पीडितको जाहेरीको आधारमा प्रहरीले ओम बाबालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान कार्य नसकिएकोले अदालतले थप ८ दिन म्याद थपेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताउनुभयो । पीडित परिवारको उजुरीका आधारमा असोज १ गते पक्राउ परेका श्रेष्ठलाई प्रहरीले अदालतबाट असोज २ गते ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...