महाकाली नगरपालिका डुबानमा



हाम्रो इकोनोमि

 

सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् ।

 

यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्न सुरक्षित स्थानतर्फ सरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

 

नदीमा आएको बाढी गाउँ पस्दा बस्ती जलमग्न भए पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

 

उहाँले जोगबुढा नदीले कटान थाल्दा महाकाली नगरपालिका–१० कुतियाकवर जाने झोलुङ्गे पुल खतरामा परेको जानकारी दिनुभयो । “नदीले कटानले गर्दा जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल खतरामा ।” प्रहरी निरीक्षक चन्दले भन्नुभयो, “पुल जोगाउन स्थानीय र सुरक्षा निकाय लागिपरेका छन् ।”

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर पुल जोगाउन अस्थायी तटबन्ध निर्माणमा लागेका छन् । यसअघि पनि सुन्दरनगर, कुतियाकवर क्षेत्र बाढीका कारण डुबानमा परेका थिए । जोगबुढा नदीमा तटबन्धको उचित व्यवस्था नहुँदा लामो समयदेखि स्थगानीयवासी वर्षात्का बेला समस्या भोग्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...