आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश



 

सर्वोच्च अदालतले मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ ।

 

सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार साहलाई आमाको नाममा नागरिकता प्रदान गर्न आदेश दिएको हो ।

 

६ वर्षअघि आमाको नामबाट नागरिकता लिन खोजेका साहलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले अन्तरिम संविधान २०६३ मा त्यस्तो व्यवस्था नभएको भन्दै नागरिकता दिन अस्वीकार गरेको थियो ।

 

उनकी आमाले विदेशी नागरिकसँग बिहे गरे पनि ३८ वर्षदेखि उनीहरू नेपालमै बसोवास गरिरहेका छन् ।

 

नेपालमै जन्मेहुर्केको र आफूले विदेशी नागरिकता नलिएको भन्दै उनले नागरिकताको प्रमाणपत्रका लागि आवेदन दिएका थिए । तर, नागरिकता नपाएपछि उनी सर्वोच्चसम्म पुगेका हुन् ।

 

सर्वोच्चले नयाँ संविधानको व्यवस्थाअनुसार नै साहलाई आमाको नामबाट नागरिकता दिन आदेश जारी गरेको हो ।

 

संविधानको धारा ११ को उपधारा (७) मा ‘यस धारामा अन्य जुनसुकै कुरा लेखिएको भए पनि विदेशी नागरिकसँग विवाह गरेको नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोवास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने’ उल्लेख छ ।

 

जब होनाहार युवाका दुवै मिर्गाैला फेल भए

गोठाले जीवन बन्धनरहित थियो । वस्तुभाउ जंगलतिर पठाइदिएपछि आरामले चर्न थाल्थे । साथीभाइ गुच्चा प्रतियोगितामा रमाउँथ्यौँ । खेलमा झेल हुन्थ्यो । झेल हुँदा विष्णु खत्री कुरा मिलाउन अघि सर्थे ।

 

विपक्षमा हुँदा पनि उनी मेरो बचाउ गर्थे । १० कक्षासम्म यसैगरी बित्यो । एसएलसी पास गरेपछि म घोराही गएँ । विष्णु लमही । भेटघाट पातलो भयो । चाडपर्वमा घर जाँदा मात्र भेट हुन्थ्यो । भेटिँदाको उल्लास बेग्लै हुन्थ्यो ।

 

०६७ कात्तिक महिना । भाइटीका मनाउन घर गएँ । उनी मलीन थिए । विष्णु किन खुसी छैन ? मनमा प्रश्न खेलिरह्यो । एउटै बेन्चमा बस्यौँ । हिजोको चञ्चल विष्णु थकित देखिन्थे । निकै बेरको मौनतापछि विष्णुले पीडाको पोको खोले ।

 

‘हेर न, खान पनि मन लाग्दैन, हिँड्दा थकाइ लाग्छ, तिर्खा पनि अत्यधिक लाग्छ,’ उनी खुल्दै गए । उनका हातखुट्टा पनि सुन्निएका थिए । ‘नेपालगन्जमा चेक गराउँदा मिर्गाैला ९० प्रतिशत खराब भनेको छ, डाक्टरले,’ यसो भन्दा न हर्ष न विस्मात्को भाव देखियो, उनको अनुहारमा ।

भाइटीकाको भोलिपल्ट उनका जेठो दाजुसहित हामी काठमाडौं हानियौँ । भोलिपल्टै वीर अस्पताल पुग्यौँ ।

 

‘कति वर्ष भयौ ?’ डाक्टरले सोधे, ‘२३’, विष्णुको जवाफ थियो । सम्पूर्ण स्वास्थ्य जाँच भयो । ‘तपाईंंसँग दुईवटा उपाय छन् । पहिलो, जीवनभर डायलासिस गर्ने र दोस्रो, आमा वा दाजुभाइमध्ये एकजनाबाट मिर्गाैला प्रत्यारोपण गराउने’, डाक्टरले भने, ‘डायलासिस गर्न महिनामा २० देखि २५ हजार खर्च हुन्छ । ट्रान्सप्लान्ट गरेमा ८ देखि १२ लाख लाग्छ र मासिक १० देखि १५ हजारको औषधि खानुपर्छ ।’

 

त्यसवेला विष्णुका दुवै आँखा रसाएका थिए । उनका दाइ डाँको छाडेर रोए । सम्झाउन सक्ने अवस्था थिएन । अन्त्यमा डायलासिस गर्ने योजनामा विष्णु पुग्यो । वीर, टिचिङ, किस्ट र नेसनल किड्नी सेन्टरमा विष्णुको डायलासिस यात्रा सुरु भयो ।

 

आफैँले जन्माएको सन्तानको कष्ट देख्न नसकेर विष्णुकी आमाले मिर्गौला दिने भइन् । चेक गरिसकेपछि अस्पतालले मिर्गाैला दिन योग्य बतायो । कागजी प्रक्रिया पूरा भयो । तर, विष्णुको स्वास्थ्यमा उतार–चढाव देखियो । ‘ऐया ! टाउको फुट्न लाग्यो’ चिच्याउँदाचिच्याउँदै बेहोस हुन्थे, उनी ।

 

‘यस्तो पीडा भोग्नुभन्दा त …,’ उनी साथीको नाताले दिक्दारी पोख्थे । हस्पिटलको बेडमा उनको एक वर्ष बित्यो । ६–७ लाखभन्दा धेरै खर्च भयो । काठमाडौँको बसाइ । कहिले मुटुको उपचार, कहिले पेटको । भएको सबै पैसा सकियो । काठमाडौँ बस्ने कुनै उपाय बाँकी नरहेपछि विष्णुलाई घर फर्काइयो । रातदिनको पीडाले उनी थप छटपटाए ।

 

ऋण–धन गरेर डायलासिसका लागि कोहलपुर र कहिले चितवन लैजाने क्रम जारी रह्यो । विष्णु सानै हुँदा उनका बुबाको स्वर्गे भएको थियो । परिवारले सकेको गरे । विष्णु जिन्दगीको कठिन मोडमा पुगेपछि छिमेकी अघि सरे ।

 

गच्छेअनुसार सहयोग गरे । कसैले ऋण दिए । सामुदायिक वनले विनाब्याज ५ लाख ऋण दियो । ‘मिर्गाैला प्रत्यारोपणका लागि पुनः आयौँ,’ उनले भने । आमा–छोरा डेरा खोजेर बस्न थाले ।

 

बिरामीको हेरचाहका लागि दाइ र भाउजूहरू आलोपालो हस्पिटल बसे । मिर्गाैला फेल भएको डेढ वर्षपछि ०६९ माघमा मिर्गाैला प्रत्यारोपण गरियो । परिवार र छरछिमेकका लागि त्यो सुखद खबर थियो । मिर्गाैला प्रत्यारोपण गरेको तीन वर्षपछि विष्णु सजिलै हिँडडुल गर्न सक्ने भए । विवाह गरे । छोरो जन्मियो ।

 

मासिक १० देखि १५ हजारसम्मको औषधि खानुपथ्र्यो । सरकारले दिने एक लाखले चाहिने औषधिको भार थेग्न नसकेपछि उनी पढाउन थाले । मासिक ७/८ हजार रुपैयाँ कमाइ भएपछि केही राहत भएको उनले सुनाए ।

 

ठिकठाक चलिरहेको जीवनमा पुनः ग्रहण लाग्यो । विष्णुको फोक्सोमा समस्या देखियो । उनी यतिवेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगनजको सघन उपचार कक्ष (आइसियू) मा उपचारत छन् ।

 

प्रहरीमा कार्यरत दाजु, विष्णुकी श्रीमती र १५ महिने छोरा कुरुवा बसेका छन् । ‘सुनाएर भनिनसक्नु पीडा छन्,’ विष्णुकी जीवनसंगिनीले शब्दमा पोख्न सकिनन् । साहुबाट दिएको सात लाख ऋण सकिइसकेको मात्र होइन, ऋण लिएकाबाट पनि तिर्न दबाब आएको छ ।

 

बचपनका साथीको पीडाको कथाले पंक्तिकार पनि रन्थनिएँ । सोचेँ, ‘त्यही उपचार स्थानीय स्तरमै भइदिएको भए, आउ–जाउको खर्च त कम्तीमा जोगिने थियो । उनको सहयोगको याचना कसले सुनिदिने ?’

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र