प्रचण्डलाई भारतमा सम्मान, चीनमा भुक्तमान : सपना मात्र भयो चिनिया राष्ट्रपति सी जिनपिङसंग भेट
नेपाली राजनीतिका माहिर खेलाडी, नेकपाका दुईमध्ये एक अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा सरकारका शक्तिशाली पृष्ठनायक पुष्पकमल दाहाल प्रचण्डले भारत र चीन भ्रमण गरेपछि त्यसको नेपाली राजनीतिमा के असर पर्छ भन्ने आंकलन गर्न थालिएको छ ।
प्रचण्डको भारत भ्रमण जति अकल्पनीयरुपमा सफल भयो, चीन भ्रमण त्यति नै विष्मयकारी ढंगले असफल भएको छ । कति असफल भएको छ भने चीनको राजधानी बेइजिङमा पाइलै नटेकी प्रचण्ड स्वदेश फर्किएका छन् ।
दक्षिणमा सम्मान, उत्तरमा समस्या
नेकपाका नेता दाहालको भारत र चीन भ्रमण के हैसियतमा भएको थियो भन्ने अझै प्रष्ट हुन सकेको छैन । दाहाललाई भारतले पूर्व प्रधानमन्त्रीका रुपमा भन्दा पनि ‘भावी प्रधानमन्त्री’का रुपमा स्वागत गरेको कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।
भारतले आफूलाई असाध्यै ठूलो सम्मान दिएको दाहालले गर्वसाथ संचार माध्यमहरुलाई सुनाएका थिए । आफूलाई भारतले गरेको स्वागतको वर्णन दाहालले जुन ढंगले गरे, त्यसलाई कतिपयले असहज ठाने । तर, चीन भ्रमणबाट फर्किएपछि चीनबाट चाहि“ कस्तो स्वागत भयो भन्ने दाहालले वर्णन गरेनन् । यसबाट पनि प्रष्ट हुन्छ, भारत र चीनमा दाहालले फरकफरक व्यवहार पाए ।
दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग ढेढ घन्टा भेट गरेका थिए । एउटा देशका सरकार प्रमुखले छिमेकी देशका एक नेतालाई दिएको डेढ घन्टा समयलाई अस्वाभाविक मानिएको थियो ।
भारतमा त्यहा“का प्रधानमन्त्री मोदीपछिका शक्तिशाली मानिएका अजित डोभालसंग दाहालले संगै खाना खाए । विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथसंग भेटघाट गरे । कूल मिलाएर भारत भ्रमण अति सफल रह्यो दाहालका लागि । किनभने भारतका शक्तिशाली सबैसंग भेट गरे ।
तर, चीनमा उल्टो भयो । चिनिया राष्टपतिसंग भेट्न लाख प्रयास गरे पनि दाहालले भेट पाएनन् । उच्च स्रोत अनुसार चिनिया राष्ट्रपति सी जिनपिङसंग भेटघाटको समय मिलाउन दाहालले चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई निक्कै दवाब दिएका थिए । पौडेलले प्रयास पनि गरेका थिए तर सकेनन् । पौडेलले प्रष्ट शब्दमा भनिदिएका थिए, राष्ट्रपति सीस“ग भेट सम्भव छैन ।
भारतमा त्यतिविघ्न स्वागत र खातिरदारी पाएका दाहालले किन चिनिया“ राष्ट्रपतिस“ग चाहि“ भेट पाएनन् ? प्रश्नमाथि प्रश्न उठिरहेको छ तर कूटनीतिक क्षेत्रस“ग गा“सिएका यस्ता प्रश्नको ठोस जवाफ कसैबाट पनि आउ“दैन र कतैबाट पनि आउ“दैन । इशारा र विभिन्न सूक्ष्म घटनावलीबाट यस्ता विषयको ठहरमा पुग्नुपर्ने हुन्छ ।
वास्तवमा दाहालको भ्रमण चिनिया“ कम्युनिष्ट पार्टीको निमन्त्रणमा भएको थियो । यस्तो निमन्त्रणा दुई तरिकाबाट आउ“छ, एउटा तरिका हो मलाई निमन्त्रणा गरिदिनुप¥यो भन्दै अनुरोध गर्ने । अर्काे तरिका हो चिनिया“ कम्युनिष्ट पार्टी स्वयंले अनुरोध गर्ने । जानकार स्रोतहरुका अनुसार, दाहालले निमन्त्रणा मागेका थिएनन्, चिनिया“ कम्युनिष्ट पार्टीले नै निम्ता पठाएको थियो ।
निश्चित मिति तयसहित चीनको निम्ता पाएपछि दाहाल चीन जान तयार पनि भएका थिए तर अचानक भ्रमण रद्द गरे । त्यो निश्चित मितिको भ्रमण सारेर ढिलाईका बीच उनले भारत भ्रमणको वन्दोवस्त मिलाएछन् । त्यसपछि भारत गए । अनिमात्र चीन गए । यो कारणले पनि चीनले दाहाललाई चीसो स्वागत गरेको हुनसक्ने कतिपय जानकारहरुको भनाई छ ।
भारतबाट फर्किनासाथ २०७५ भदौ ३० देखि असोज ३ सम्मको चीन भ्रमणका क्रममा आफूले त्यहा“का उपराष्ट्रपति, विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसंग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार सम्वन्धमा वार्ता भएको दाहालको सचिवालयले जनाएको छ ।
आफूलाई राजधानी बेईजि¨ नबोलाइनु अनि राष्ट्रपतिस“ग पनि भेट नगराइनुले दाहाल खिन्न भएको पूर्व माओवादी केन्द्रका नेताहरुले अनौपचारिक टिप्पणी गरेका छन् ।
दाहालले चीनका प्रधानमन्त्री ली खछ्या¨संग पनि भेट्न भगीरथ प्रयत्न गरेका थिए । तर, दाहालले चिनिया“ उपराष्ट्रपतिसंग भने भेट गरे । जानकारहरुका अनुसार सो भेट पनि औपचारिक थिएन, ‘जम्काभेट’ मात्र थियो, त्यस्तो जम्काभेटको कुनै अर्थ र महत्व नहुने कूटनीतिक क्षेत्रका जानकारहरु बताउ“छन् ।
अविश्वशनीय दाहाल
चीनलाई बुझेकाहरु भन्छन्, चीनले दाहाललाई तिमी विश्वशनीय छैनौ भन्ने प्रष्ट संकेत दिएको छ । दाहालप्रतिको पूरानो अविश्वास एउटा कुरा थियो, भ्रमणको निम्ता पाएपछि नया“ दिल्ली पुगेर मात्र बेइजिङ पुग्नु चिनिया“हरुका लागि अपमानजस्तै थियो ।
दाहालले २०७५ भदौ २० देखि २३ सम्म भारत भ्रमण गरेका थिए । भारत भ्रमणकै आसपासमा नेपाल र चीन बीच पारवहन सन्धिको प्रोटोकलमा सम्झौता भएको थियो । दाहालले सो सम्झौताको स्वागतमा एक शब्द पनि नखर्चिनुलाई चिनिया“हरुले अनौठो मानेको बुझिन्छ ।
दाहालको भारत भ्रमणकै सेरोफेरोमा विम्स्टेक संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय नेपालले गरेको थियो । सो विषयमा पनि उनले टिप्पणी गरेका थिएनन् । दाहालले नेपालको असंलग्न परराष्ट्र नीतिका बारे भारतमा गएर चु“सम्म नबोल्नुलाई चिनिया“हरुले ‘नोट’मा राखेको बुझिन्छ ।
यी कारणहरुले गर्दा अविश्वासको वातावरणमा दाहालको चीन भ्रमण भयो । दाहालले भारत र चीनलाई फरक व्यवहार गर्न खोजेको आशंका चिनिया“हरुले गरे । दाहालको व्यवहार नै त्यस्तै थियो । यो अविश्वासका कारण दाहालको चीन भ्रमण लगभग असफल भएको छ ।
अब प्रचण्डको भूमिका के ?
ठूलो वाम पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अबको भूमिका के भन्ने प्रश्न पनि असफल चीन भ्रमणपछि उठ्ने गरेको छ । प्रचण्डका लागि अब भारत भरोसे हुने बाहेक अर्को विकल्प केही रहेन भन्ने टिप्पणी पनि कतिपयले गरेका छन् ।
तर, भारतले जसरी चीनले आफ्नो दृष्टिकोण प्रष्ट हुने गरी विरलै व्यवहार गर्छ । यसपटक दाहालको भ्रमणको दौरानमा चीनले देखिने र बुझिने गरी दाहालप्रति असन्तुष्टि प्रदर्शन गरेको छ ।
चीनको विश्वास जित्ने र भारतलाई पनि रिझाउने प्रचण्डको प्रयास असफल भएको मानिएको छ । अब दक्षिणको भरोसाले मात्र प्रचण्डको राजनीतिक भविष्य र भूमिका कस्तो होला भन्ने प्रश्न उठ्न थालेको छ । साँघु साप्ताहिकबाट