गाढेको धन निकाल्न भन्दै मध्यरातमा खोला किनारमा झाँक्री लाउने पक्राउ



हाम्रो इकोनोमि

 

गढेको धन निकाल्ने भन्दै राति खोला किनारमा धामीझाँक्रीहित पुजा गरिरहेका ५ जनालाई प्रतापपुर-३ अमहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति पीपलको बोटमा पुजाअर्चना गर्दै खाडल खनिरहेको बेला इलाका प्रहरी कार्यालय सेमरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

 

पक्राउ पर्नेमा गोल्डेन लाइफ इंग्लिस स्कुलका प्रिन्सिपल हरेन्द्र बडै शर्मा, प्रतापपुर-३ का ५५ वर्षीय ठगईप्रसाद मुसहर, १८ वर्षीय बलिराम मुसहर, सुनवल-१२ भूमहीका तिलक भट्टराई, भानु मुसहरलाई नियन्त्रमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले जानकारी दिए।

 

 

‘मध्यरातमा पुजा गर्दै खाडल खनिरहेको स्थानीयले देखेपछि अनिष्ट हुन लाग्यो भनेर गाउँलेले प्रहरीलाई खबर गरेका थिए,’ भट्टले भने, ‘यसअघि पनि यस्तै कार्यमा संलग्न भएकाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

 

 

मध्यरातमा प्रहरीले बलिरहेको बत्ति, माटोको भाडामा राखिएको खिर, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा बरामद गरेको थियो। प्रहरी आएपछि पुजा गरिरहेका हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए। उनीहरुलाई आइतबार बिहान गाउँबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका प्रिन्सिपल बडैले यसअघि पनि आफ्नै विद्यालय प्राङ्गणमा खाडल खनेर पुजा गरिरहँदा प्रहरीले नियन्त्रणमा लिएको थियो। गाउँलेले मानव बली दिन खोजेको आरोप लगाएपनि प्रमाण नपुगेपछि उनलाई छाडिएको थियो।
असोज २ गतेदेखि पाल्हिनन्दन गाउँपालिका-१ शंकरपुरका १२ वर्षीय बालक रोहित चौधरी हराइरहेको समयमा बडैले खाडल खनेर पहिले झैं पुजा गरेको देखेपछि गाउँलेहरु सशंकित भएका छन्।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...