गाढेको धन निकाल्न भन्दै मध्यरातमा खोला किनारमा झाँक्री लाउने पक्राउ



हाम्रो इकोनोमि

 

गढेको धन निकाल्ने भन्दै राति खोला किनारमा धामीझाँक्रीहित पुजा गरिरहेका ५ जनालाई प्रतापपुर-३ अमहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति पीपलको बोटमा पुजाअर्चना गर्दै खाडल खनिरहेको बेला इलाका प्रहरी कार्यालय सेमरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

 

पक्राउ पर्नेमा गोल्डेन लाइफ इंग्लिस स्कुलका प्रिन्सिपल हरेन्द्र बडै शर्मा, प्रतापपुर-३ का ५५ वर्षीय ठगईप्रसाद मुसहर, १८ वर्षीय बलिराम मुसहर, सुनवल-१२ भूमहीका तिलक भट्टराई, भानु मुसहरलाई नियन्त्रमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले जानकारी दिए।

 

 

‘मध्यरातमा पुजा गर्दै खाडल खनिरहेको स्थानीयले देखेपछि अनिष्ट हुन लाग्यो भनेर गाउँलेले प्रहरीलाई खबर गरेका थिए,’ भट्टले भने, ‘यसअघि पनि यस्तै कार्यमा संलग्न भएकाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

 

 

मध्यरातमा प्रहरीले बलिरहेको बत्ति, माटोको भाडामा राखिएको खिर, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा बरामद गरेको थियो। प्रहरी आएपछि पुजा गरिरहेका हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए। उनीहरुलाई आइतबार बिहान गाउँबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका प्रिन्सिपल बडैले यसअघि पनि आफ्नै विद्यालय प्राङ्गणमा खाडल खनेर पुजा गरिरहँदा प्रहरीले नियन्त्रणमा लिएको थियो। गाउँलेले मानव बली दिन खोजेको आरोप लगाएपनि प्रमाण नपुगेपछि उनलाई छाडिएको थियो।
असोज २ गतेदेखि पाल्हिनन्दन गाउँपालिका-१ शंकरपुरका १२ वर्षीय बालक रोहित चौधरी हराइरहेको समयमा बडैले खाडल खनेर पहिले झैं पुजा गरेको देखेपछि गाउँलेहरु सशंकित भएका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...