साइकलमा घुमाउन लगेका मामाबाटै भाञ्जी बलात्कृत



हाम्रो इकोनोमि

 

झापाको हल्दिबारी गाउँपालिकाका एक युवक चार वर्षीया अवोध बालिका बलात्कारको शिकार बनेकी छन् ।

 

हल्दिबारी–१३ जलथलका २१ वर्षीय युवकले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

 

पक्राउ पर्ने युवक र बालिकाको घरसँगै रहेकाले उनको नाम नखुलाइएको बस्नेतले बताएका छन् । प्रवक्ता बस्नेतका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए ।

 

छिमेकी भएकाले बालिकाले युवकलाई मामा भन्ने भन्ने गरेकी थिइन् । सोही नाताको फाइदा उठाउँदै घुम्न गएको समयमा युवकले बलात्कार गरेको र घर पुगेपछि बालिकाको योनीमा रगत देखेपछि पीडित परिवारले प्रहरीमा उजुरी गरेका थिए ।

 

युवकलाई प्रहरीले आइतबार राति पक्राउ गरिएको हो । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...