भरुवा बन्दुकले आफैँलाई हानेपछि…



हाम्रो इकोनोमि

 

 

सामान्यतय मानिस मृत्युदेखि डराउँछ । आफैँले आफैँलाई बन्दुकले गोली हान्ने त कल्पनासम्म पनि गर्न सकिदैन । तर, दक्षिणी रोल्पामा यस्तै नसोचेको घटना भएको छ ।

यहाँ एक पुरुषले भरुवा बन्दुकले आफैँलाई गोली हानेपछि मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय काले कामीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले घरकै भरुवा बन्दुकले घाँटीमा गोली हानेका छन् ।

घरका छोराबुहारी घाँस काट्न गएको बेला घरभित्रै सोमबार विहान आठ बजे उनले आफैँलाई गोली हानेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार घटनाको जानकारी लगत्तै प्रहरी घटना स्थल पुगेको थियो ।

होलेरी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरिक्षक ध्रुबराज बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको हो । कालेको चिउँडोमुनि घाँटीबाट गोलीले छेडेर टाउकोबाट निस्किएको छ । घटनास्थलमा मुचुल्का उठाउने काम भएको छ ।

उनकी पत्नी आइतबार छिमेकी जिल्ला दाङ झरेकी थिइन् । दुई छोरा र एक बुहारी घाँस काट्न जंगल निस्किएको मौका छोपेर उनले घरमै रहेको बन्दुकले आफैँलाई हानेको पारिवारिक स्रोतले जनाएको छ ।

छोराहरु घरमा आउँदा बुबा रगताम्मे अवस्थामा लडिरहेको फेला पारेका थिए ।

छेउमै भरुवा बन्दुकमेत लडेको थियो । घटनाबारे उनीहरुले गाउँलेलाई खबर गरेपछि प्रहरी कहाँ सूचना पुगेको थियो । भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । शव पोष्टमार्टमका लागि होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइँदै छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रहेको सदरमुकाम लिबाङबाट प्रहरी निरिक्षक पन्थीको नेतृत्वमा प्रहरी टोली होलेरी हिडेको छ ।प्रारम्भिक अनुसन्धानमा मृत्यु भएका कालेले मादक पिउने गरेको खुलेको छ ।

घटनाताका उनले मादक पदार्थ पिएको वा नपिएको केही खुलेको छैन । पारिवारिक तनाव वा अन्य के कारणले उनले आफैँलाई गोली हाने भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...