सुनका गरगहनासहित एक जना पक्राउ



हाम्रो इकोनोमि

रेसुङ्गा नगरपालिका ९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

नेपालीले रेसुङ्गा नगरपालिका ११ सिमीचौर घर भएकी बसन्ती भुसाल माइती गएको मौका छोपी उनको मंगलसुत्र, क्लिप एक थान, औठी २ थान, झुम्का १ थान गहनाहरु चोरी गरेको प्रहरीले जनाएको छ ।
नेपालीलाई शंकास्पद अबस्थामा फेला पारी खानतलासी गर्ने क्रममा प्रहरीले तम्घासबाट पक्राउ गरेको थियो । प्रहरीले ७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

गत वर्षको असारमा नेपालीले बिभिन्न किसमिका मोवाइलहरु चोरी गरेको कसुरमा ४५ हजार धरौटी राखी तारेखम छुटेको प्रहरी नायब निरीक्षक शिबबहादुर खत्रीले बताए ।

चोरी गरेको कसुरमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ३० हजार देखि ५० हजारसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...