ड्युटीमा रहेका जवानले आफैलाई किन हाने गोली



हाम्रो इकोनोमि

स्याङ्जामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

स्याङ्जा कारागारमा ड्युटीमा रहेका नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका हुन् । उनले च्युँडोमा गोली हानेका थिए ।

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले एक जना प्रहरी जवानले ड्युटीमै आफैले आफैलाई गोली हानेको जानकारी दिएका छन् । उनले मृतकका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन् ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा ड्युटी खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफैलाई हानेका हुन् ।

गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएका उनको आज (आइतबार) बिहान करीब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेटमा ड्युटीमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...