सुतिरहेकी महिलामाथि सामुहिक बलात्कार, बालिका बलात्कृत



हाम्रो इकोनोमि

 

सोलुखुम्बुको सोताङ गाउँपालिका– २ माझखर्कमा ५० वर्षीया अपाङ्गता भएकी महिलाई तीन जनाले सामुहिक बलात्कार गरेका छन् । कान नसुन्ने र बोल्न नसक्ने महिलालाई तीन जनाले बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ ।

१ असोज राति घरमा सुतेकी ती महिलालाई बलात्कार गरेको आरोपमा मध्यदुधकोशी–८ का गिरीधन राईसहित तीन जनाको नाममा पीडित परिवारले जाहेरी दिएको र आरोपितहरुको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

यता सुससरीको धरान उपमहानगरपालिका–११ स्थित सामुदायिक वनमा शनिबार साँझ १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय शेर्पा संघको वन घेरिएको कम्पाउण्डभित्र साँझ साढे ६ बजे बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोही वडाको सगरमाथा टोल बस्ने दुर्गाबहादुर बिकलाई पक्राउ गरिएको छ ।

भोजपुर घोडेटारस्थित रानीबास घर भएका बिकलाई पीडित परिवारको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...