सुतिरहेकी महिलामाथि सामुहिक बलात्कार, बालिका बलात्कृत



हाम्रो इकोनोमि

 

सोलुखुम्बुको सोताङ गाउँपालिका– २ माझखर्कमा ५० वर्षीया अपाङ्गता भएकी महिलाई तीन जनाले सामुहिक बलात्कार गरेका छन् । कान नसुन्ने र बोल्न नसक्ने महिलालाई तीन जनाले बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ ।

१ असोज राति घरमा सुतेकी ती महिलालाई बलात्कार गरेको आरोपमा मध्यदुधकोशी–८ का गिरीधन राईसहित तीन जनाको नाममा पीडित परिवारले जाहेरी दिएको र आरोपितहरुको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

यता सुससरीको धरान उपमहानगरपालिका–११ स्थित सामुदायिक वनमा शनिबार साँझ १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय शेर्पा संघको वन घेरिएको कम्पाउण्डभित्र साँझ साढे ६ बजे बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोही वडाको सगरमाथा टोल बस्ने दुर्गाबहादुर बिकलाई पक्राउ गरिएको छ ।

भोजपुर घोडेटारस्थित रानीबास घर भएका बिकलाई पीडित परिवारको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...