चोरीको मोबाइलसहित चार पक्राउ



हाम्रो इकोनोमि

 

मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने २२ वर्षीय मनिष बस्नेत, भारत घर भई हाल सल्लाघारी बस्ने १८ वर्षीय अमोद चौधरी छन् ।

दोलखा गौरीशङ्कर गाउँपालिका घर भई हाल मध्यपुर थिमी नगरपालिका– ४ कमेरोटारमा डेरा गरी बस्ने प्रवीण कार्कीको मोबाइल चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा विभिन्न ठाउँमा चोरी गरिएको मोबाइलसहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी भक्तपुर नगरपालिका– २ ब्यासीका ४१ वर्षीय नरेशमान शिल्पकारलाई सरकारी रसिद किर्ते गरेको अभियोगमा पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका– ८ वडा कार्यालयमा मोही जग्गा बाँडफाँड सिफारिसबापतको रसिद र भक्तपुर जिल्ला अदालतको कोर्ट फि बापतको रसिदमा किर्ते गरेको उजुरीका आधारमा उहाँलाई पक्राउ गरी कारवाही अगाडि बढाएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

ललितपुर उपमहानगरपालिका– १० बस्ने सर्वज्ञभक्त मल्लले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...