जर्साब पत्नीलाई ‘रानी साहेब’ भन्न नपर्ने



हाम्रो इकोनोमि

 

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारको संकेत दिएका छन् । उनले सेनामा सुधारको योजना अन्तर्गत नै देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् ।

यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्र निर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन दिएका छन् । यस्तै उनले सैनिक जर्नेलका पत्नीहरुलाई ‘रानी’ भन्नु पर्ने चलन हटाएका छन् ।

सेनामा जर्नेल पत्नीहरुलाई ‘रानी साहेब’ भन्नु पथ्र्यो । अब भने जर्साब पत्नीहरुलाई पनि ‘म्याडम’ मात्र भन्दा हुने भएको छ । यस्तै पल्टनको वार्षिकोत्सवका नाममा हुने भोजमा समेत अंकुश लगाइएको छ ।

सैनिक अधिकृतका विवाहमा सबै अधिकृतलाई बोलाउने भड्किलो चलन पनि हटाउन मुख्यालयले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तै सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...