निर्मला पन्तको पोष्टमार्टम रिपोर्ट बाहिरियो, यसरी भएछ हत्या



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या साउन १० गते नै साँझ करिव ५ बजेतिर भएको रहस्य खुलेको छ । हत्या भएको भोलीपल्ट अर्थात साउन ११ गते विहान मात्र उनको शव उखुबारीमा भेटिएको थियो ।

 

११ गते नै गरिएको पोष्टमार्टमको रिपोर्ट अनुसार उनको हत्या २४ देखि २६ घण्टा अगाडीको विचमा भएको देखिएको हो ।

 

निर्मलाको पोष्टमार्टम ११ गते साँझ ५ बजे गरिएको थियो । साथै उनको हत्या ‘घाँटी अठ्याएर’ गरेको भन्ने रिपोर्टमा उल्लेख गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । रिपोर्टमा उनको घाँटीको कर्ड भाँचिएको देखिएको छ भने शरीरका अन्य भागमा चोटपटक छैन । तर, बाया आँखामा भने नीलडाम देखिएको छ ।

 

पोस्टमार्टम गर्दा योनिबाट रगतजस्तो वस्तु बगिरहेको चिकित्सकले रिपोर्टमा उल्लेख गरेका छन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सबैसग अहिले सोधपुछ तथा डिएनए परिक्षणको कार्य अगाडी बढाईरहेको छ ।

 

उच्च स्रोतका अनुसार घटनास्थलबाट करिव ३ किलोमिटर टाढा रहेको सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रूपमा अनुसन्धान केन्द्रित गरेको छ । तर, कसैलाई पनि बयानका लागि वा थप अनुसन्धानका लागि पत्र नकाटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...