सुनसरीमा गोली चल्यो : घटनास्थलमै अन्सारीको मृत्यु, एक प्रहरी घाइते



हाम्रो इकोनोमि

 

 सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा बिशिबार भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएको छ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ ।

 

बजार घुमफिर गर्नका लागि निस्केका बेला अन्सारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा उनको टाउको र छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

 

त्यसैगरी हरिनगर गाउँपालिका–६ घुस्की प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार सिवलाल पौडेलमाथिसमेत गोली प्रहार भएको स्थानीयले बताएका छन् । भुटाहा बजार क्षेत्रमा गोली प्रहार गरेर भागी रहेका बेला प्रहरीले बाटो छेक्न खोज्दा प्रहरीमाथि समेत गोली प्रहार गरेको हो । पौडेललाई खुट्टा र कोखमा गोली लागेको बताइएको छ ।

 

घाइते भएका प्रहरी हवल्दारलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । यता सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले गोली प्रहार भएको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा वृद्धि

    माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो खुद...

कुमारी बैंकको नाफा एक अर्बमाथि

    कुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब...

प्रभु बैंकको नाफा वृद्धिमाथि प्रश्न

    प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा...

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड

  एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५...