दशैंमा १४ स्थानमा यात्रु सहायता कक्ष, घर जानेले पाउने छन् यस्ता सुविधा



हाम्रो इकोनोमि

 

 

दशैं नजिकिएपछि विभिन्न पेसा व्यवसायका कारण काठमाडौंमा रहेकाहरुलाई घर फर्किने हुटहुटी बढ्न थालेको छ ।

घर फर्किनका लागि साथीभाइसँग सल्लाह गर्न जुटिसकेका राजधानी बाहिरकाहरु दशैंको गाडी बुकिङ्गको पर्खाइमा छन् । यता दशैं नजिकिएसँग नाडा अटोमावाईल्स डिलर एशोसिएसन (नाडा) ले काठमाडौं उपत्यकामा १४ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

गत बर्ष १२ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको नाडाले यस बर्ष २ वटा थप गर्दै १४ वटा सञ्चालनमा ल्याउन लागेको हो । यातायात व्यबस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता समितिलगायतका निकायसँगको सहकार्यमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष निर्माण गर्ने भएको हो ।

गत बर्षको दशैंमा उपत्यकाका कलंकी, स्वयम्भु, गोंगबु, गौशाला, कोटेश्वरलगायत १२ ओटा स्थानमा संचालन गर्दै आएको नाडाले यसबर्षको बानेश्वर र फर्पिङमा थप २ ओटा यात्रु सहायता कक्ष संचालनमा ल्याउने नाडाका उपाध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

उनका अनुसार फर्पिङ तथा बानेश्वरमा पनि बाहिर जाने यात्रुको चाप बढेको हुनाले यी ठाउँमा यसपालीदेखि सहायता कक्ष थप गरिएको हो । यात्रु सहायता कक्षले दशैंमा घर जाने यात्रुहरुको सास्तीलाई मध्यनजर गर्दै सवारी रुटदेखि यातायात भाडाको विषयमा समेत जानकारी दिने गर्छ ।

पछिल्लो समय यात्रुहरु ठगिने प्रवृत्ति बढ्दै गएको र यस्ता कार्यलाई निर्मुल पार्न सहायता कक्षहरु संचालनमा ल्याउन विभागले सहकार्य गरेको यातायात व्यबस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । साथै उक्त कक्षबाट यात्रुहरुका विभिन्न गुनासाहरु सुन्नका साथै उनीहरुको समस्या समेत समाधान गरिने छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...