घुससहित महानगरपालिकाका शाखा अधिकृत र सुब्बा पक्राउ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्ज महानगरपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले बिहीबार महानगरका कर्मचारी पक्रेको हो ।

पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह छन् । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ स्थित अर्कोन इन्टरनेसनल एकेडेमी बोर्डिङ स्कुल दर्ता गर्ने क्रममा सो एकेडेमीका एकवाल हैदरसँग कर्मचारीले घुस मागेको बताइएको छ ।

शशिभूषणका भान्जा अरबिनकुमार साहको पसलमा पैसा लिन लगाइएको र दिने क्रममा पक्राउ गरिएको बताइएको छ । अरबिनकुमारलाई पनि अख्तियारले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...