घुससहित महानगरपालिकाका शाखा अधिकृत र सुब्बा पक्राउ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्ज महानगरपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले बिहीबार महानगरका कर्मचारी पक्रेको हो ।

पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह छन् । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ स्थित अर्कोन इन्टरनेसनल एकेडेमी बोर्डिङ स्कुल दर्ता गर्ने क्रममा सो एकेडेमीका एकवाल हैदरसँग कर्मचारीले घुस मागेको बताइएको छ ।

शशिभूषणका भान्जा अरबिनकुमार साहको पसलमा पैसा लिन लगाइएको र दिने क्रममा पक्राउ गरिएको बताइएको छ । अरबिनकुमारलाई पनि अख्तियारले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...