अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाइ आज



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले आज संसदीय सुनुवाइ समितिको सामना गर्दैछन् ।

 

संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो ।

 

समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ ।

 

यसअघि लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त सिफारिस गर्दा त्यसको चर्को आलोचना भएको थियो । तर घिमिरे भने निर्विवाद देखिएका छन् । उनी ०७१ मा आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

 

सुनुवाइ समितिका अनुसार, बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । घिमिरेविरुद्ध कुनै उजुरी नपरेको र विवादसमेत नदेखिएकाले उनको नाम पारित हुने लगभग पक्कापक्की जस्तै छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...