नुहाउन गएकी महिलाको डुबेर मृत्यु



हाम्रो इकोनोमि

 

महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका-१३ की ३२ वर्षीया कलावती रोकायाको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान ११ बजेतिर महाकाली नदीमा निर्माण भइरहेको चारलेनको पक्‍की पुलनजिकै नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए।

नदीमा नुहाउने क्रममा डुबेकी रोकायाको शव झोलुंगे पुलदेखि ३ सय मिटर तल तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...