नुहाउन गएकी महिलाको डुबेर मृत्यु



हाम्रो इकोनोमि

 

महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका-१३ की ३२ वर्षीया कलावती रोकायाको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान ११ बजेतिर महाकाली नदीमा निर्माण भइरहेको चारलेनको पक्‍की पुलनजिकै नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए।

नदीमा नुहाउने क्रममा डुबेकी रोकायाको शव झोलुंगे पुलदेखि ३ सय मिटर तल तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...