युवतीलाई फेसबुकमा आपत्तिजनक म्यासेज पठाउने नार्कका वैज्ञानिक पक्राउ



हाम्रो इकोनोमि

 

 

आफूले पढाउँदै आएको एक छात्रालाई सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तीजनक  म्यासेज पठाएको आरोपमा नार्कका एक जना वैज्ञानिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कलंकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै आएकी ती युवतीलाई उनले केही दिनअघि  आपत्तिजनक म्यासेज पठाएका थिए । ‘हिमालय कलेज अफ एग्रिकल्चरल साईन्स’ मा डा. तिवारीले वितग १७ बर्षदेखि अध्यापन गर्दै आएका छन् ।

आफ्नै शिक्षकको म्यासेज ती युवतीले रिप्लाई गरिनन् । त्यसपछि उनले ‘कुरा बुझिनौं ?’ भन्दै थप आपत्तिजनक म्यासेज एकोहोरो म्यासेज पठाएका थिए ।

आपत्तिजनक म्यासेज पठाएर हैरानी पारेपछि छात्राले दिएको उजुरीका आधारमा डा. तिवारीलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले रातोपाटीलाई जानकारी दिए ।

पक्राउ परेका  डा. तिवारीबारे साईबर अपराध मुद्धामा अदालतलबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको एसएसपी सिंहले बताएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार डा. तिवारीले छात्रासँग अनैतिक सम्बन्धको प्रस्ताव समेत राखेका थिए । डा. तिवारीको त्यस्तो प्रस्ताव अस्विकार गरेपछि  छात्रालाई उनले परीक्षामा फेल गरिदिने धम्की समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...