बलात्कारका आरोपीलाई उन्मुक्ति, यस्तो थियो घटना



हाम्रो इकोनोमि

 

महोत्तरीको सोनामा गाँउपालिका –८ सिंग्हासिनी की १४ वर्षीया किशोरीको बलात्कार र त्यसपछि भएको हत्याका आरोपीलाई अदालतले उन्मुक्ति दिएको छ ।

जिल्ला अदालत महोत्तरीले साविकको सुन्दरपुर–७ का ४० वर्षीय रामजीवन राउत कुर्मी, ४५ वर्षीय गौरीशंकर राउत कुर्मी, ४८ वर्षीय दशरथ राउत कुर्मी, वडा नम्बर ९ का ५८ वर्षीय राम श्रेष्ठ महतो तथा उनका छोरा २८ वर्षीय नवीनकुमार महतोलाई सफाइ दिएको हो ।

आरोपितमध्ये रामजीवन  राम श्रेष्ठ  महतो पुर्पक्षका लागि थुनामा थिए भने अरु आरोपित भने यसअघि नै एक लाख धरौटीमा छुटेका थिए ।

मुख्य अभियुक्त भनिएका राम जीवन राउत कुर्मीलाई शव भेटिएकै दिन प्रहरीले नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो ।

किशोरी २०७२ भदौ १२ गते वेपत्ता भएकोमा त्यसको दुई दिनपछि बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो ।  मृतक किशोरीका बाबु रामएकवाल यादवले छोरीको हत्या गर्ने आरोपीलाई अदालतले सफाइ दिएसँगै आफूहरुमा थप पीडा थपिएको बताए ।

अदालतको फैसलाले असन्तुष्ट भएका उनले छोरीको हत्याराले सजाय नपाएसम्म अदालत धाइरहने बताए ।

बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने आवाज उठिरहेको बेला अभियुक्तले नै यसरी उन्मुक्ति पाएका हुन् ।

शव त्यतिबेला इनारमा भेटिएपछि छोरीको बलात्कार र हत्या गरेको किटानीसहित  जाहेरी दिएपछि किशोरीका बाबुले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरी हुँदै अदालतसम्म पुगेको सो मुद्दामा सोमबार न्यायाधीश डण्डपाणी शर्माको एकल इजलासले सबै आरोपीलाई सफाइ दिएको हो । यथेस्ट प्रमाण नपुगेकाले आरोपीलाई सफाइ दिइएको अदालतका श्रेस्तेदार महेन्द्र झाले जानकारी दिए ।

२०७२ भदौ १२ गते अभियुक्त भनिएकामध्ये रामजीवन राउतले किशोरीको अपहरण गरेको पीडितको दाबी छ । जुनबारे मृतकका बाबु र केही प्रत्यक्षदर्शीले समेत बयान दिएका छन् ।

हराएको दुई दिनपछि गाउँकै रामजानकी मन्दिर छेउको  इनार भित्रको पानीमा तैरिरहेको अवस्थामा उनको  शव भेटिएको थियो । छोरी  रामजीवनसँगै उखुबारीमा गएको देखिएकाले उनैको नेतृत्वमा छोरीको

बलात्कार र हत्या भएको पीडित पक्षको दाबी छ ।

युवतीको मेडिकल रिपोर्टमा बालिकाको योनी लगायत शरीरका विभिन्न भागमा घाउचोट लागेको पाइएको थियो ।

तर,  अदालतले बलात्कारका मुद्दामा यथेष्ट सबुत प्रमाणको अभाव देखिएको बताउँदै अभियुक्तलाई सफाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...