बलात्कारका आरोपीलाई उन्मुक्ति, यस्तो थियो घटना



हाम्रो इकोनोमि

 

महोत्तरीको सोनामा गाँउपालिका –८ सिंग्हासिनी की १४ वर्षीया किशोरीको बलात्कार र त्यसपछि भएको हत्याका आरोपीलाई अदालतले उन्मुक्ति दिएको छ ।

जिल्ला अदालत महोत्तरीले साविकको सुन्दरपुर–७ का ४० वर्षीय रामजीवन राउत कुर्मी, ४५ वर्षीय गौरीशंकर राउत कुर्मी, ४८ वर्षीय दशरथ राउत कुर्मी, वडा नम्बर ९ का ५८ वर्षीय राम श्रेष्ठ महतो तथा उनका छोरा २८ वर्षीय नवीनकुमार महतोलाई सफाइ दिएको हो ।

आरोपितमध्ये रामजीवन  राम श्रेष्ठ  महतो पुर्पक्षका लागि थुनामा थिए भने अरु आरोपित भने यसअघि नै एक लाख धरौटीमा छुटेका थिए ।

मुख्य अभियुक्त भनिएका राम जीवन राउत कुर्मीलाई शव भेटिएकै दिन प्रहरीले नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो ।

किशोरी २०७२ भदौ १२ गते वेपत्ता भएकोमा त्यसको दुई दिनपछि बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो ।  मृतक किशोरीका बाबु रामएकवाल यादवले छोरीको हत्या गर्ने आरोपीलाई अदालतले सफाइ दिएसँगै आफूहरुमा थप पीडा थपिएको बताए ।

अदालतको फैसलाले असन्तुष्ट भएका उनले छोरीको हत्याराले सजाय नपाएसम्म अदालत धाइरहने बताए ।

बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने आवाज उठिरहेको बेला अभियुक्तले नै यसरी उन्मुक्ति पाएका हुन् ।

शव त्यतिबेला इनारमा भेटिएपछि छोरीको बलात्कार र हत्या गरेको किटानीसहित  जाहेरी दिएपछि किशोरीका बाबुले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरी हुँदै अदालतसम्म पुगेको सो मुद्दामा सोमबार न्यायाधीश डण्डपाणी शर्माको एकल इजलासले सबै आरोपीलाई सफाइ दिएको हो । यथेस्ट प्रमाण नपुगेकाले आरोपीलाई सफाइ दिइएको अदालतका श्रेस्तेदार महेन्द्र झाले जानकारी दिए ।

२०७२ भदौ १२ गते अभियुक्त भनिएकामध्ये रामजीवन राउतले किशोरीको अपहरण गरेको पीडितको दाबी छ । जुनबारे मृतकका बाबु र केही प्रत्यक्षदर्शीले समेत बयान दिएका छन् ।

हराएको दुई दिनपछि गाउँकै रामजानकी मन्दिर छेउको  इनार भित्रको पानीमा तैरिरहेको अवस्थामा उनको  शव भेटिएको थियो । छोरी  रामजीवनसँगै उखुबारीमा गएको देखिएकाले उनैको नेतृत्वमा छोरीको

बलात्कार र हत्या भएको पीडित पक्षको दाबी छ ।

युवतीको मेडिकल रिपोर्टमा बालिकाको योनी लगायत शरीरका विभिन्न भागमा घाउचोट लागेको पाइएको थियो ।

तर,  अदालतले बलात्कारका मुद्दामा यथेष्ट सबुत प्रमाणको अभाव देखिएको बताउँदै अभियुक्तलाई सफाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...