१५ वर्षिय किशाेरीलार्इ लखेट्दै वलात्कार गर्ने तीन जना प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

चार किशोरकिशोरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ उमेर समूहका थिए  ।

 

हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोको कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राती करीब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।

ठाउँ एकान्त थियो । रात परिसकेकाले उनीहरु अलमलमा परे ।

बास खोज्दै गर्दा गाँजा र चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नविन परियारको नजर १५ वर्षीया किशोरीमाथि पर्यो ।

 

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्क्याउँदै हातपात गर्न खोजे । आक्रामण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएकै बाटो भागे । युवाहरुले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन ।

 

भाग्दै गरेकी १५ वर्षीया किशोरीलाई उनीहरुले मुख थुन्दै एकान्ततिर लगेर बलात्कार गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...